२०८३, ९ कार्तिक सोमबार

मूर्ति विसर्जनको क्रममा झडप भएपछि सर्लाहीको मलंगवामा कर्फ्यू आदेश

मूर्ति विसर्जनको क्रममा झडप भएपछि सर्लाहीको मलंगवामा कर्फ्यू आदेश




काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी गरेको छ ।

कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा हिजो बेलुका दुई पक्षबीच झडप भएपछि उत्पन्न विवादका कारण शान्ति सुरक्षालाई ख्याल गरेर कर्फ्यू आदेश जारी गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले उज्यालोलाई जानकारी दिनुभयो ।

आज बेलुका पाँच बजेदेखि शुरु हुने कर्फ्यू भोलि बिहान आठ बजेसम्म रहनेछ । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा हिजो बेलुका मलंगवामा दुई समुदायबीच झडप र ढुंगामुढा भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर समेत गरेको प्रजिअ यादवले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले आज सर्वदलीय, सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गरेको थियो । तर पनि प्रदर्शन र ढुंगामुढा नरोकिएपछि कर्फ्यूलगाउनु परेको हो ।

अहिलेको अबस्था सामान्य रहेको र बेलुका वा रातिको समयमा झडप हुन सक्ने अनुमान्का कारण कर्फ्यू लगाएर सुरक्षा व्यवस्था मजबुत बनाएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो । अहिले मलंगवा बजार बन्द छ । मलंगवाबाट चल्ने साना तथा लामो दुरीका गाडी पनि बिहानैदेखि चलेका छैनन् ।

प्रकाशित मिति : २०८०, २३ भाद्र शनिबार  ५ : ११ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि