२०८२, १८ फाल्गुन मंगलबार

मूर्ति विसर्जनको क्रममा झडप भएपछि सर्लाहीको मलंगवामा कर्फ्यू आदेश

मूर्ति विसर्जनको क्रममा झडप भएपछि सर्लाहीको मलंगवामा कर्फ्यू आदेश




काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी गरेको छ ।

कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा हिजो बेलुका दुई पक्षबीच झडप भएपछि उत्पन्न विवादका कारण शान्ति सुरक्षालाई ख्याल गरेर कर्फ्यू आदेश जारी गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले उज्यालोलाई जानकारी दिनुभयो ।

आज बेलुका पाँच बजेदेखि शुरु हुने कर्फ्यू भोलि बिहान आठ बजेसम्म रहनेछ । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा हिजो बेलुका मलंगवामा दुई समुदायबीच झडप र ढुंगामुढा भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर समेत गरेको प्रजिअ यादवले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले आज सर्वदलीय, सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गरेको थियो । तर पनि प्रदर्शन र ढुंगामुढा नरोकिएपछि कर्फ्यूलगाउनु परेको हो ।

अहिलेको अबस्था सामान्य रहेको र बेलुका वा रातिको समयमा झडप हुन सक्ने अनुमान्का कारण कर्फ्यू लगाएर सुरक्षा व्यवस्था मजबुत बनाएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो । अहिले मलंगवा बजार बन्द छ । मलंगवाबाट चल्ने साना तथा लामो दुरीका गाडी पनि बिहानैदेखि चलेका छैनन् ।

प्रकाशित मिति : २०८०, २३ भाद्र शनिबार  ५ : ११ बजे

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको