२०८३, ९ कार्तिक सोमबार

६० किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप तीन जना पक्राउ

६० किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप तीन जना पक्राउ




काठमाण्डौ । ६० किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप तीन जना पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी तथा नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनामा उनिहरु पनि जोडिएका केही संकेत पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिनुभयो ।

गएको साउन २ गते हङकङबाट ल्याइएको ६० किलो ७ सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । यस प्रकरणको अनुसन्धान सुरूमा राजश्व अनुसन्धान विभागले अघि बढाए पनि पछि सिआइबीलाई थप अनुसन्धानको जिम्मा दिएको छ ।

६० किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म ३० जना पक्राउ परिसकेका छन् । यसका मुख्य अभियुक्त बेल्जियमका नागरिक दावा छिरिङलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनले काभ्रेबाट नेपाली नागरिकता लिएको पनि पुष्टि भइसकेको छ ।

प्रकाशित मिति : २०८०, २३ भाद्र शनिबार  ४ : ०५ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि