काठमाण्डौ । सिन्धुलीको दूधौली–१० मा अटोले ठक्कर दिँदा पैदल यात्रीको ज्यान गएको छ ।
हिजो भएको घटनामा दूधौली अरुणठाकुर ग्रामिण सडक खण्डमा जल्किेनेबाट दूधौली जाँदै गरेको प्रदेश १–०५–००१ ह ०१८३ को अटोलाई त्यही दिशाबाट आउँदै गरेको बा ४ ख ५१३० नम्बरको कमलामाई बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा अटो अनियन्त्रित भइ पैदल यात्रीलाई लागेपछि ज्यान गएको हो ।
ज्यान जानेमा सिन्धुली जिल्ला दूधौली नगरपालिका–१३ बस्ने ५२ वर्षीय समरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सामान्य घाइते भएका सिन्धुली जिल्ला दूधौली नगरपालिका–१३ बस्ने ५० वर्षीय अटो चालक सोनिलाल तामाङको स्थानीय अस्पतालमा उपचारमा भइरहेको पनि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।








प्रतिक्रिया