२०८३, ७ कार्तिक शनिबार

अमेरिका बसेर मानव तस्करी गर्ने हस्त गौतम पक्राउ

अमेरिका बसेर मानव तस्करी गर्ने हस्त गौतम पक्राउ


काठमाण्डौ । अमेरिका पठाइदिने भन्दै मानव बेचविखन गर्ने गिरोहका नाइके पक्राउ परेका छन् ।

नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतमलाई गएको बुधवार रुपन्देहीबाट पक्राउ गरिएको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले जनाएको छ । प्रहरीका अनुसार उनको समूहले २ करोडभन्दा बढी ठगी गरेको पाइएको छ।

गौतमले अमेरिकामा बसेर वर्षौ देखि नेपालमा मानव तस्करीको धन्दा चलाउँदै आएका प्रहरीले जनाएको छ । उनी नेतृत्वको गिरोहले नेपाली नागरिकहरुलाई यूएई, थाइल्यान्ड, फिलीपिन्स, सिङ्गापुर, हङकङलगायत देशहरुमा पुर्याएर राहदानी, मोबाइलसमेत जफत गरी ठूलो मात्रामा पैसा माग गर्ने गरेको पाइएको छ।

एजेन्टले भने जति पैसा नदिएमा शारीरिक, मानसिक यातना दिने, विदेशमा रहेका एजेन्टहरुलाई बेचविखन गर्ने, बुझाउनेजस्ता क्रियाकलाप गरी अलपत्र पार्ने काम पनि यो गिरोहले गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुबाट ६ जना पीडित भएकोमा ४ जनाको उद्धार भइसकेको छ।

पक्राउ परेका गौतमले अहिलेलसम्म २ सय नेपाली नागरिकहरुलाई अमेरिका पठाइसकेको बयान प्रहरीलाई दिएका छन् । उनीमाथि मानव बेचविखन, ओसारपसार तथा सङ्गठित अपराध मुद्दा दर्ता भएको छ ।

प्रकाशित मिति : २०८०, २३ भाद्र शनिबार  ९ : १४ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने