२०८३, ३१ श्रावण सोमबार

अमेरिका बसेर मानव तस्करी गर्ने हस्त गौतम पक्राउ

अमेरिका बसेर मानव तस्करी गर्ने हस्त गौतम पक्राउ


काठमाण्डौ । अमेरिका पठाइदिने भन्दै मानव बेचविखन गर्ने गिरोहका नाइके पक्राउ परेका छन् ।

नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतमलाई गएको बुधवार रुपन्देहीबाट पक्राउ गरिएको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले जनाएको छ । प्रहरीका अनुसार उनको समूहले २ करोडभन्दा बढी ठगी गरेको पाइएको छ।

गौतमले अमेरिकामा बसेर वर्षौ देखि नेपालमा मानव तस्करीको धन्दा चलाउँदै आएका प्रहरीले जनाएको छ । उनी नेतृत्वको गिरोहले नेपाली नागरिकहरुलाई यूएई, थाइल्यान्ड, फिलीपिन्स, सिङ्गापुर, हङकङलगायत देशहरुमा पुर्याएर राहदानी, मोबाइलसमेत जफत गरी ठूलो मात्रामा पैसा माग गर्ने गरेको पाइएको छ।

एजेन्टले भने जति पैसा नदिएमा शारीरिक, मानसिक यातना दिने, विदेशमा रहेका एजेन्टहरुलाई बेचविखन गर्ने, बुझाउनेजस्ता क्रियाकलाप गरी अलपत्र पार्ने काम पनि यो गिरोहले गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुबाट ६ जना पीडित भएकोमा ४ जनाको उद्धार भइसकेको छ।

पक्राउ परेका गौतमले अहिलेलसम्म २ सय नेपाली नागरिकहरुलाई अमेरिका पठाइसकेको बयान प्रहरीलाई दिएका छन् । उनीमाथि मानव बेचविखन, ओसारपसार तथा सङ्गठित अपराध मुद्दा दर्ता भएको छ ।

प्रकाशित मिति : २०८०, २३ भाद्र शनिबार  ९ : १४ बजे

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत

यातायात ऐनमा चर्को जरिवाना र चालकलाई अपराधीकरण नगर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रस्तावित “सवारी तथा