२०८२, १८ भाद्र बुधबार

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा. अञ्जनीकुमार झा नियुक्त

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा. अञ्जनीकुमार झा नियुक्त


काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्राडा अञ्जनीकुमार झा नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले झालाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले झालाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिइन् । आयोगको उपाध्यक्ष पदका लागि डा। अञ्जनीकुमार झा, डा। प्रविण मिश्र र डा। श्रीकृष्ण गिरीको नाम सिफारिस गरिएको थियो । आयोगको उपाध्यक्षको नाम सिफारिस गर्न गठित सिफारिस समितिले आयोगको उपाध्यक्ष नियुक्तिका लागि पहिलो नम्बरमा डा। झा, दोस्रो नम्बरमा डा। मिश्र र तेस्रो नम्बरमा डा। गिरीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको स्रोतको दाबी छ ।

नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष समेत रहेका डा। झा नेपाली कांग्रेस निकटका चिकित्सक हुन् । डा। आयोगका वर्तमान उपाध्यक्ष समेत रहेका छन् भने डा। गिरी भने माओवादी निकट मानिन्छन् । त्यस्तै, डा। मिश्र पूर्व स्वास्थ्य सचिव हुन् । उनी पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई निकट समेत मानिने चर्चा छ ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा–२२ मा आयोगको उपाध्यक्ष नियुक्ति सम्बन्धी व्यवस्था छ । ऐनको दफा २२ को उपदफा ‘१’ मा सरकारले दफा–२३ बमोजिमको समितिले सिफारिस गरेका व्यक्तिहरू मध्येबाट एक जनालाई आयोगको उपाध्यक्ष नियुक्त गर्ने प्रावधान रहेको छ । ऐनमा उपाध्यक्षको पदावधि बढीमा चार वर्षको हुने प्रावधान छ । आयोगको कार्यकारी भूमिकामा उपाध्यक्ष रहने कानुनी व्यवस्था छ । प्रधानमन्त्री आयोगको अध्यक्ष हुन्छन् ।

प्रकाशित मिति : २०८०, २१ भाद्र बिहीबार  १० : १३ बजे

पुतलीसडकमा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका

वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन

ललितपुर । वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन भएको छ।

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमण सकेर

एमालेको केन्द्रीय सचिवालय बैठक भदौ १९ गते, विधान महाधिवेशनको तयारी तीव्र

काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी केन्द्रीय

बेइजिङमा ऐतिहासिक गठबन्धनको संकेतस् सी,पुटिन र किम जोङ एउटै मञ्चमा

बेइजिङ । दोस्रो विश्वयुद्धको अन्त्यको ८०औं वार्षिकोत्सवको अवसरमा चीनले आयोजना