२०८२, २७ मंसिर शनिबार

एमाले कर्णाली प्रदेश अधिवेशन भदौ ३० गते प्रतिनिधि छान्ने तयारी

एमाले कर्णाली प्रदेश अधिवेशन भदौ ३० गते प्रतिनिधि छान्ने तयारी


काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनका लागि भदौ ३० गते प्रतिनिधि चयन गरिने भएको छ। प्रदेश पार्टी कार्यालयमा बुधबार बसेको कार्यालय बैठकले भदौ ३० गते प्रतिनिधि छनौट गर्ने निर्णय गरेको हो।

एमाले कर्णाली प्रदेशको अधिवेशन असोज १० र ११ गते वीरेन्द्रनगरमा हुँदैछ। एमाले कर्णाली प्रदेशका अनुसार प्रदेशका १० वटा जिल्लाका ७९ वटै पालिकामा एकै दिन प्रतिनिधि चयन गरिने भएको हो।

खुलामा १०० जना पार्टी सदस्य बराबर १ जना, दलितमा ७५ जना बराबर १ जना र छनौट भएका प्रतिनिधि मध्ये एकतिहाई महिला अनिवार्य हुनुपर्ने बैठकले मापदण्ड तोकेको छ।

यस्तै, प्रतिनिधि छनौट र व्यवस्थापनको आधार भूगोलको लागि पालिका र समावेशीका लागि प्रदेश निर्वाचन क्षेत्र रहने तर, समावेशी सदस्यले क्षेत्र रोज्न पाउने अधिकार सुनिश्चित गरिएको छ। त्यसैगरी बाँकी रहेको ५० प्रतिशत अंक बराबर एकजना प्रतिनिधि थप हुने व्यवस्था गरिएको छ। कर्णालीका १० वटै जिल्लामा पार्टी संगठित सदस्यहरुको नवीकरण सकिएको छ। एमाले कर्णाली प्रदेशका अनुसार १० जिल्लाबाट गरी करीब ५ देखि ६ सयसम्मको हाराहारीमा प्रतिनिधि छनौट हुने छन्। कर्णालीमा एमालेका ५१ हजार बढी पार्टीका संगठित सदस्य छन्।

प्रकाशित मिति : २०८०, २० भाद्र बुधबार  ७ : २३ बजे

एमालेको साढे सात दशक : वैचारिक संघर्ष, विभाजन र नेतृत्व पुनर्निर्माणको यात्रा

काठमाडौं । नेपाल कम्युनिस्ट आन्दोलनको मूल प्रवाह मानिने नेकपा एमाले

शीतलनिवासमा नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त चार मन्त्रीले शुक्रबार शीतलनिवासमा पद तथा गोपनीयताको

एमाले महाधिवेशन १०८ रोपनी क्षेत्रमा उपत्यकाको संस्कृति झल्किने भव्य मञ्च

भक्तपुर । नेकपा (एमाले)ले ११औँ महाधिवेशनको उद्घाटनका लागि भक्तपुर सल्लाघारीमा

पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई जनाको पहिचान खुल्याे, आठ जना घाइते

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४, मित्याल चिउरेबासमा जिप दुर्घटना हुँदा

शेरधन राईको दाबी ‘सचिव पद मेरो स्वाभाविक हक, रोक्न सक्ने कोही छैन’

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी