२०८२, १० माघ शनिबार

राष्ट्रपति र प्रधानमन्त्रीले दिए श्रीकृष्णजन्माष्टमीको शुभकामना

राष्ट्रपति र प्रधानमन्त्रीले दिए श्रीकृष्णजन्माष्टमीको शुभकामना


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीकृष्णजन्माष्टमी पर्वको अवसरमा देशवासी र प्रवासी नेपालीलाई सामाजिक सद्भाव,एकता सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र निरन्तर प्रगतिको कामना गर्दै शुभकामना दिएका छन् ।

श्रीकृष्णजन्माष्टमी २०८० को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार एक विज्ञप्ती जारी गर्दै श्रीकृष्ण जन्माष्टमी पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त समाजलाई भावनात्मक एकताको सूत्रमा बाँधी धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्न सहयोग पु¥याउने अपेक्षा लिएका छन् ।

जारी विज्ञप्तीमा भनिएको छ, “यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्न सहयोग पु¥याउने अपेक्षा लिएको छु ।”

त्यस्तै प्रधानमन्त्री दाहालले पनि आफ्नो सामाजिक सञ्जाल टुइटर मार्फत् सामाजिक सद्भाव,एकता र नेपालीको शान्ति, सुस्वास्थ्य, समृद्धि र निरन्तर प्रगतिको कामना गर्दै शुभकामना दिएका छन् ।

उनले टुइटरमा लेखेका छन्, ‘‘कृष्णाष्टमी २०८० को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरूमा पारिवारिक पुनर्मिलन, सामाजिक सद्भाव र एकतासहित सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।’’

भगवान् श्रीकृष्ण जन्मनुभएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।

प्रकाशित मिति : २०८०, २० भाद्र बुधबार  ८ : ३३ बजे

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई

चुनावी प्रतिस्पर्धा खुम्चियो, ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये