२०८२, २९ माघ बिहीबार

कोशी प्रदेश नामाकरणविरुद्ध ललितपुरमा प्रर्दशन

कोशी प्रदेश नामाकरणविरुद्ध ललितपुरमा प्रर्दशन

५ सय च्याब्रुङसहित किरात समुदायको प्रर्दशन


काठमाडौं । कोशी प्रदेश नामाकरणविरुद्ध, किरात समुदायले ललितपुरमा ५ सय च्याब्रुङसहित प्रर्दशन गरेका छन् ।
किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसको अवसर पारेर किरात समुदायले ५ सय वटा च्याब्रुङ्सहित ललितपुरको जावलाखेलमा प्रर्दशन गरेका हुन् ।
आज कोशी प्रदेशको नाम खारेजगर ऐतिहासिक पहिचानको आधारमा लिम्बुवान÷किरात कायम गर भन्ने मूल नाराका साथ जावलाखेल चोकबाट ललितपुर चुम्लुङ् हिमसम्म ¥याली निकालेका हुन् ।
उक्त आन्दोलनामा आश बहादुर थग्लुङ्ले नेपाल बहुजाती, बहुभाषिक र समानता भएको देश भनेर राष्ट्रिय गानमा मात्रै सिमित भएको तर व्यवहारमा नभएको भन्दै आन्दोलनमा उत्रिएको बताए ।
उनले मौलिक हिसाबले जनजातीहरुको स्वतन्त्र हुनुपर्नेमा सरकारले ब्यान्ड लगाईदिएको भन्दै अधिकार पनि निश्चित हुनुपर्ने बताए ।
उनले भने, ‘नेपाल भनेको बहुजाती, बहुभाषिक भएको देश हो, यो कुरा राष्ट्रिय गानमा आयो तर व्यवहारमा भने भएन, हाम्रो अधिकार हाम्रो अधिकार पनि निश्चित होस् । संविधानमा नै हाम्रो अधिकार खोसिएको छ, जुन मौलिक हिसाबले जनजातीहरुको स्वतन्त्र हुनुपर्नेमा सरकारले ब्यान्ड लगाईदियो हामीले पहिला नै गाई राष्ट्रिय जनावर नराखौं भनेर भनेका थियौ ।’
यस्तै, अर्को आन्दोलनमा सहभागी अऐन्द्र कुमार आङ्बोले कोशी प्रदेशको नाम ठिक नभएको भन्दै किरात लिम्बूवान हुनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : २०८०, १७ भाद्र आईतबार  ८ : २४ बजे

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको

झापामा अध्यक्ष ओलीको घरदैलो : मतदाताका कुरा सुन्दै, आफ्ना प्रतिबद्धता सुनाउँदै

झापा। नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नं. ५ का

काभ्रे-१ मा ‘अमित लामाको पक्षमा जनलहर’ आफ्नै जन्मभूमि रोशीमा घरदैलो अभियान जारी

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रे क्षेत्र नं.

आज गाैरादहमा एमाले अध्यक्ष ओलीको स्थानीयसँग भेटघाट

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार