२०८३, २६ आश्विन मंगलबार

सूर्यविनायकको पाण्डोबजारमा सञ्चालनमा आयो ‘कृष्ण कन्हैया डिपार्टमेन्टल स्टोर’

सूर्यविनायकको पाण्डोबजारमा सञ्चालनमा आयो ‘कृष्ण कन्हैया डिपार्टमेन्टल स्टोर’


भक्तपुर, ९ फागुन :  सूर्यविनायक नगरपालिका–६ पाण्डोबजारमा अहिलेसम्मकै ठूलो ‘कृष्ण कन्हैया डिपार्टमेन्टल स्टोर’ सञ्चालनमा आएको छ । जिआरएस कम्पनीले पाण्डोबजारस्थित बिभूति घरमा सञ्चालनमा ल्याएको ‘कृष्ण कन्हैया डिपार्टमेन्टल स्टोर’ को युवा व्यवसायी एवं जिआरएस कम्पनीका अध्यक्ष गोकूल वनले उद्घाटन गर्नु भयो ।
युवा व्यवसायीद्धय गोकूल वन र राजु सुवालको रु. एक करोडको संयुक्त लगानीमा सञ्चालनमा आएको स्टोरले फागुन महिनाभरि उपभोक्तालाई प्रत्येक सामानमा ५ देखि १५ प्रतिशतसम्म छुट दिने उहाँले बताउनु भयो । कम्पनीका सञ्चालक वनले भन्नुभयो, “काठमाडौंँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा गरि १२ सहरको मुख्य बजारमा डिपार्टमेन्टल स्टोरको शाखा बिस्तार गर्ने हाम्रो लक्ष्य छ, भक्तपुरबाट हामीले डिपार्टमेन्टल स्टोर सञ्चालन सुरु गरेका छाँै, कूल १२ करोडको लागतमा १२ ठाउँमा यसको शाखा बिस्तार गरेर उपभोक्तालाई सहज र सुलभ सेवा दिने हाम्रो उदेश्य हो ।”
कम्पनीका अर्का सञ्चालन राजु सुवालले उपभोक्तालाई दैनिक उपभोग्य सामानहरु एकै ठाउँमा सस्तो, सुलभ र सहज रुपमा उपलब्ध गराउने उदेश्यले डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याएको बताउनु भयो ।

सुवालले भन्नुभयो, “दैनिक उपभोग्य सामान खोज्न उपभोक्तालाई अब पसल पसल चाहर्नु पर्दैन, बजारको अस्वथ्य मूल्यको मारमा पनि पर्नु पर्दैन, ग्राहकको सन्तुष्टी नै हाम्रो उपलब्धी हो, त्यसैले हामीले सस्तो, सुलभ र गुणस्तरीय सामान उपभोक्तालाई सहज रुपमा उपलब्ध गराउने प्रण गरेका छौँ ।” उपत्यकाका बिभिन्न ठाउँमा शाखा खोलेर आम उपभोक्तालाई सेवा दिने लक्ष्य रहेकाले ‘कृष्ण कन्हैया डिपार्टमेन्टल स्टोर’ आम उपभोक्ताको मनमनमा बस्ने गरि सेवा दिने बताउनु भयो ।

प्रकाशित मिति : २०७८, ९ फाल्गुन सोमबार  ४ : ४५ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल