२०८२, १३ फाल्गुन बुधबार

रहेनन् तेमालका कम्युनिष्ट योद्धा ईमान सिं

रहेनन् तेमालका कम्युनिष्ट योद्धा ईमान सिं


काठमाडौँ १२ माघ :  नेकपा एमाले काभ्रे तेमालका जिउँदा इतिहास, कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका योद्धा पूर्व जनप्रतिनिधि ईमान सिं तामाङको ७९ बर्षको उमेरमा निधन भएको छ ।

उहाँको मंगलबार काठमाडौंको कुलेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो । तामाङ २०५४ सालमा भएको स्थानीय निर्वाचनमा साविकको ठूलोपर्सेल गाविसबाट अत्याधिक मत पाएर गाविस अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँले आफ्नो कार्यकालभित्र ठूलोपर्सेलमा खानेपानी, शिक्षा, स्वास्थ्य संचार लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको थियो । दिन दुःखी र अन्यायमा परेकाहरुको सधैं सारथि बन्ने र विकासका काममा सधैं अग्रपंक्तिमा उभिने तामाङको निधनले ठूलोपर्सेल र तेमालवासीले एक सच्चा अभिभावक गुमाएका छन् । तामाङको तीन छोरा दुई छोरी र जीवनसंगीनी हुनुहुन्छ ।

नेकपा एमाले साविक ठूलोपर्सेल गाविसको नेता हुँदै ईलाका कमिटी, क्षेत्र नं. १ निर्वाचन क्षेत्रीय कमिटी सदस्य हुँदै हाल नेकपा एमाले जेष्ठ कम्युनिष्ठ मञ्च काभ्रेका सदस्य तामाङको निधनले पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको नेकपा एमालेका युवा नेता नारायाण पाण्डेले बताउनु भयो ।

उहाँको आजै दाहासंस्कार गर्ने भएकाले अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा एमालेका नेता कार्यकर्ता निवासस्थल काठमाडौंको कुलेश्वर पुगेका छन् ।

प्रकाशित मिति : २०७८, १२ माघ बुधबार  २ : ०१ बजे

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपदको सारथी

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली