२०८२, २३ पुस बुधबार

रहेनन् तेमालका कम्युनिष्ट योद्धा ईमान सिं

रहेनन् तेमालका कम्युनिष्ट योद्धा ईमान सिं


काठमाडौँ १२ माघ :  नेकपा एमाले काभ्रे तेमालका जिउँदा इतिहास, कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका योद्धा पूर्व जनप्रतिनिधि ईमान सिं तामाङको ७९ बर्षको उमेरमा निधन भएको छ ।

उहाँको मंगलबार काठमाडौंको कुलेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो । तामाङ २०५४ सालमा भएको स्थानीय निर्वाचनमा साविकको ठूलोपर्सेल गाविसबाट अत्याधिक मत पाएर गाविस अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँले आफ्नो कार्यकालभित्र ठूलोपर्सेलमा खानेपानी, शिक्षा, स्वास्थ्य संचार लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको थियो । दिन दुःखी र अन्यायमा परेकाहरुको सधैं सारथि बन्ने र विकासका काममा सधैं अग्रपंक्तिमा उभिने तामाङको निधनले ठूलोपर्सेल र तेमालवासीले एक सच्चा अभिभावक गुमाएका छन् । तामाङको तीन छोरा दुई छोरी र जीवनसंगीनी हुनुहुन्छ ।

नेकपा एमाले साविक ठूलोपर्सेल गाविसको नेता हुँदै ईलाका कमिटी, क्षेत्र नं. १ निर्वाचन क्षेत्रीय कमिटी सदस्य हुँदै हाल नेकपा एमाले जेष्ठ कम्युनिष्ठ मञ्च काभ्रेका सदस्य तामाङको निधनले पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको नेकपा एमालेका युवा नेता नारायाण पाण्डेले बताउनु भयो ।

उहाँको आजै दाहासंस्कार गर्ने भएकाले अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा एमालेका नेता कार्यकर्ता निवासस्थल काठमाडौंको कुलेश्वर पुगेका छन् ।

प्रकाशित मिति : २०७८, १२ माघ बुधबार  २ : ०१ बजे

कांग्रेस मुख्यालयमा लफडा, नेताहरू वैकल्पिक ढोकाबाट प्रवेश

काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर विशेष महाधिवेशन पक्षधर

वीरगन्जमा तनाव नियन्त्रणका लागि आज साँझ ६ बजेसम्म कर्फ्यु जारी

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले आज साँझ ६ बजेसम्म

रामबहादुर ‘बादल’ संयोजक बनाउँदै एमालेको निर्वाचन कमिटी गठन

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचन तयारीका लागि निर्वाचन परिचालन

प्रदेशस्तरीय नेतृत्व सुदृढ पार्दै एमालेले बाँडे जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले प्रदेश र संगठन विभागका संयोजकको जिम्मेवारी

एमाले अध्यक्षओलीद्वारा एनजीओ-डोनरको एजेन्डा बोकेको दलप्रति कडा टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय