२०८२, २८ चैत्र आईतबार

दशैंमा काठमाडौंबाट गाउँ जाँदै हुनुहुन्छ ,हेर्नुहोस् कहाँ जान कति लाग्छ भाडा ?

दशैंमा काठमाडौंबाट गाउँ जाँदै हुनुहुन्छ ,हेर्नुहोस् कहाँ जान कति लाग्छ भाडा ?


काठमाडौं, ८ असोज  :   नेपाली चाड दशैं–तिहार नजिकिंदै छ । कोरोना कहरकै बीच भित्रिंदै गरेका नेपाली चाडहरुका कारण व्यापार, व्यवसायदेखि यातायात क्षेत्रमा चहलपहल विस्तारै बढ्न थालेको छ । अघिल्लो वर्ष कोरोना महामारीका कारण दशैं सहज रुपमा मनाउन नपाएकाहरु यस पटक महामारी अलि मत्थर भएको समयमा दशैं मनाउने तयारीमा जुटेका छन् ।

दशैं नजिकिएसँगैं बैंकहरुले नयाँ नोट सटही थालिसकेका छन् भने यातायात क्षेत्रले पनि अग्रिम टिकट बुकिङको तयारी गरिसकेका छन् । काठमाडौंलगायतका विभिन्न शहरमा पेसा, व्यवसाय र अध्ययनका लागि बसेकाहरु दशैंमा गाउँघर फर्किनका लागि योजना बनाउन लागिसकेका छन् ।

तर, यस पटक शहरबाट गाउँ फर्किनेहरुले अलि बढी भाडाको जोहो गर्नुपर्ने भएको छ । आउँदो असोज ११ गतेदेखि दशैं–तिहारका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला हुँदैछ । करिब ११ लाख यात्रुले उपत्यका छाड्ने अनुमान गरी यसै अनुसारको व्यवस्थापन सम्बन्धित क्षेत्रहरुले गर्दैछन् । तर, दशैं–तिहारकै लागि उपत्यका छाड्ने र लामो दूरीको यात्रा तय गर्ने अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुहरुले भने समायोजित नयाँ भाडादर नै तिर्नुपर्ने भएको छ ।

सरकारले गत असारदेखि सार्वजनिक सवारीको भाडादर समायोजन गरिसकेकाले यातायात व्यवसायीले त्यसै अनुरुपको गाडी भाडा लिने भएका छन् । अन्तर प्रदेश २८ प्रतिशतले बढाएको भाडा अनुसार नै तिरेर गाउँ जानुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जानकारी दिएको छ ।

उक्त भाडादर प्रदेश–१ मा मात्रै लागु भएको छ । दशैंअघि सरकारले उक्त भाडादर सबै प्रदेशमा समायोजन गर्नुपर्ने माग यातायात व्यवसायीको छ । पछिल्लो समय गत असार २७ गते सरकारले तीन वर्षपछि सार्वजनिक यातायातको भाडादर समायोजन गरेको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरिएको बताएको हो । सोही भाडादर अहिले दशैं–तिहारका लागि घर जाने सबै यात्रुहरूमा लागू हुनेछ ।

यसअघिको केपी ओली नेतृत्वको सरकारले गत असार २७ गते मन्त्रिपरिषद्बाट निर्णय गर्दै अन्तर प्रदेश यात्रुवाहक सवारी साधनको २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको २६ प्रतिशतले भाडा वृद्धि गरेको थियो ।
यस्तो छ भाडादर

प्रकाशित मिति : २०७८, ८ आश्विन शुक्रबार  ६ : ४४ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण