काठमाडौँ १७ साउन : मेलम्चीमा आएको बाढीले रेडियो मेलम्चीको भवन बगाएको छ । गएराती एक्कासी आएको बाढीले सिन्धुपाल्चोकको मेलम्चीमा रहेको रेडियो मेलम्चीको भवन बगाएको हो । राती १२ बजेको समयमा रेडियो मेलम्चीको भवन पुरै बगाएको स्टेशन मेनेजर देवराज सुवेदीले बताउनु भयो ।
मेनेजर सुवेदीका अनुसार राती मेलम्ची खोलामा आएको बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भवन पनि बगाएको छ । बाढीले धार परिवर्तन गरेर खोला छेउछाउका घर समेत बगाएका छन् । यसअघि असार १ गते आएको भीषण बाढीले डुबानमा परेपनि भवन भत्किएको थिएन । अहिले रेडियो सुरक्षित स्थानबाट सञ्चालनमा आईसकेको छ ।








प्रतिक्रिया