२०८३, ७ कार्तिक शनिबार

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने तीन जनाविरुद्ध किटानी जाहेरी

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने तीन जनाविरुद्ध किटानी जाहेरी


काठमाडौं १४ जेठ बाँकेको भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा तीन जनाविरुद्ध किटानी जाहेरी परेको छ । अस्पताल प्रशासनले चिकित्सकमाथि आक्रमणमा संलग्न रहेको भन्दै लोकबहादुर रावत, मानबहादुर रावत र भरत रावतमाथि किटानी जाहेरी दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनु भयो ।

भेरी अस्पतालका अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले संयुक्त प्रेश विज्ञप्ति जारी गर्दै घटनामा संलग्न अन्य व्यक्तिहरुबारे थप अनुसन्धान गरी कानुनी दायरमा ल्याइ कारबाही प्रक्रिया अगाडि बढाउन प्रशासनसँग आग्रह गर्नु भएको छ ।

चिकित्सकमाथि सांघातिक आक्रमण गर्ने समूहमाथि कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढीसकेको छ । आफ्नो सहकर्मीलाई कुटपीट गरेको विरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रेका छन् ।

प्रकाशित मिति : २०७८, १४ जेष्ठ शुक्रबार  ६ : १८ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने