२०८२, १९ मंसिर शुक्रबार

काभ्रेमा तोकियो कोरोना संक्रमितको शव व्यवस्थापन स्थल

काभ्रेमा तोकियो कोरोना संक्रमितको शव व्यवस्थापन स्थल

कुन पालिकाको कहाँ पर्छ शव व्यवस्थापन स्थल


काठमाडौं, ४ जेठ  :  काभ्रेमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन स्थल छुट्ट्याइएको छ । गाउँपालिका र नगरपालिका क्षेत्रअन्तर्गत पर्ने नदी किनार र जङ्गल र डाडाक्षेत्रलाई सङ्क्रमित शव व्यवस्थापन स्थल बनाइएको हो ।

काभ्रेको ‘जङ्गल नदी किनारा भित्र जहाँ मान्छेको आवतजावत र प्रवेश हुँदैन, त्यस क्षेत्रलाई सङ्क्रमित शव व्यवस्थापनका लागि स्थानीय पालिकाहरुले पठाएको स्थाललाई नै जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार बैठकले पाँचखाल नगरपालिकाका लागि पाँचखाल र भुम्लु गाँउपालिकाको बिचको दोलालघाट बगर क्षेत्रमा,  मण्डनदेउपुर नगरपालिकाका लागी वडा नम्बर ७ र ९ को सिमानाको मशानेपाटि घाट क्षेत्र र बैकल्पीक क्षेत्रमा लागि वडा नम्बर १ र ५ को सिमानामा पर्ने लट्टघारी वन क्षेत्र र वडा नम्बर १२ को बाँसखर्क लगायत सामुदायिक वन क्षेत्र तोकेको छ ।

चौरी देउराली गाँउपालिकाका लागि चिहान डाँडाँ, गोठपानी, सुङ्गेखोला, वडा नम्बर ५ को चौरीखोला,चलाखु चिहान डाँडा, काफ्ले चिहान डाँडा,सलम्बु चिहान डाँडा र वडा नम्बर ३ को चौरी खोला तोकेको छ । यस्तै भुम्लु गाँउपालिकाका लागी सुनकोसी नदि र ईन्द्रावती नदिको दोभान, खानीखोला गाँउपालिकाका लागि वडा नम्बर ५ को बागमती घाट र रोशी गाँउपालिकाका लगाी भ्याकुरे खोला र रोशी खोला त्रिवेणी घाट क्षेत्र तेकेको हो ।

यस्तै हाल संक्रमितको शव ब्यवस्थापन गर्दै आएको नेपालि सेनाको कालिजंग गणले शव ब्यवस्थापन साधनको मर्मत तथा ईन्धनको लागी बजेट अभाव भएको जनाएको छ । उक्त कार्यका लागी सामाजिक बिकास मन्त्रालय,बाग्मती प्रदेशबाट निकासा भएको बजेटबाट खर्च गर्ने निणर्य बैठकले गरेको छ ।

प्रकाशित मिति : २०७८, ४ जेष्ठ मंगलबार  १ : ५७ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको