२०८२, २८ चैत्र आईतबार

काभ्रेमा तोकियो कोरोना संक्रमितको शव व्यवस्थापन स्थल

काभ्रेमा तोकियो कोरोना संक्रमितको शव व्यवस्थापन स्थल

कुन पालिकाको कहाँ पर्छ शव व्यवस्थापन स्थल


काठमाडौं, ४ जेठ  :  काभ्रेमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन स्थल छुट्ट्याइएको छ । गाउँपालिका र नगरपालिका क्षेत्रअन्तर्गत पर्ने नदी किनार र जङ्गल र डाडाक्षेत्रलाई सङ्क्रमित शव व्यवस्थापन स्थल बनाइएको हो ।

काभ्रेको ‘जङ्गल नदी किनारा भित्र जहाँ मान्छेको आवतजावत र प्रवेश हुँदैन, त्यस क्षेत्रलाई सङ्क्रमित शव व्यवस्थापनका लागि स्थानीय पालिकाहरुले पठाएको स्थाललाई नै जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार बैठकले पाँचखाल नगरपालिकाका लागि पाँचखाल र भुम्लु गाँउपालिकाको बिचको दोलालघाट बगर क्षेत्रमा,  मण्डनदेउपुर नगरपालिकाका लागी वडा नम्बर ७ र ९ को सिमानाको मशानेपाटि घाट क्षेत्र र बैकल्पीक क्षेत्रमा लागि वडा नम्बर १ र ५ को सिमानामा पर्ने लट्टघारी वन क्षेत्र र वडा नम्बर १२ को बाँसखर्क लगायत सामुदायिक वन क्षेत्र तोकेको छ ।

चौरी देउराली गाँउपालिकाका लागि चिहान डाँडाँ, गोठपानी, सुङ्गेखोला, वडा नम्बर ५ को चौरीखोला,चलाखु चिहान डाँडा, काफ्ले चिहान डाँडा,सलम्बु चिहान डाँडा र वडा नम्बर ३ को चौरी खोला तोकेको छ । यस्तै भुम्लु गाँउपालिकाका लागी सुनकोसी नदि र ईन्द्रावती नदिको दोभान, खानीखोला गाँउपालिकाका लागि वडा नम्बर ५ को बागमती घाट र रोशी गाँउपालिकाका लगाी भ्याकुरे खोला र रोशी खोला त्रिवेणी घाट क्षेत्र तेकेको हो ।

यस्तै हाल संक्रमितको शव ब्यवस्थापन गर्दै आएको नेपालि सेनाको कालिजंग गणले शव ब्यवस्थापन साधनको मर्मत तथा ईन्धनको लागी बजेट अभाव भएको जनाएको छ । उक्त कार्यका लागी सामाजिक बिकास मन्त्रालय,बाग्मती प्रदेशबाट निकासा भएको बजेटबाट खर्च गर्ने निणर्य बैठकले गरेको छ ।

प्रकाशित मिति : २०७८, ४ जेष्ठ मंगलबार  १ : ५७ बजे

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको