२०८२, १ माघ बिहीबार

भारतमा ‘आँधीहुरी र भारी वर्षाका कारण १८ को मृत्यु : नेपालमा भारी वर्षाको सम्भावना भारतमा

भारतमा ‘आँधीहुरी र भारी वर्षाका कारण १८ को मृत्यु : नेपालमा भारी वर्षाको सम्भावना भारतमा


काठमाडौं, ४ जेठ  :   भारतमा शक्तिशाली ‘ताउ–ते’ चक्रवातका कारण आएको आँधीहुरी र भारी वर्षाका कारण भारतमा हालसम्म १८ जनाको ज्यान गएको छ । अरब सागरमा विकसित ताउ–ते नामको अति शक्तिशाली चक्रवात सोमबार राति ८ बजे गुजरातमा बज्रिन आइपुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जसका कारण भारतका कर्नाटक, गोवा, केरल र महाराष्ट्र राज्यमा गरी १८ जनाको ज्यान गएको छ भने गुजरातबाट डेढ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चक्रवात प्रभावित भारतका मुम्बईलगायत विभिन्न स्थानमा सयौं रूख ढलेका छन् । विभिन्न शहर जलमग्न भएका छन् । अस्पतालमा उपचाररत कोरोना संक्रमितहरूको बिचल्ली भएको छ ।

‘ताउ–ते’ को प्रभाव नेपालमा पाँच दिन, हिमाल आरोहण नगर्न सुझाव
‘ताउ–ते’ चक्रवातको प्रभावका कारण अहिले नेपालको मौसम समेत प्रभावित भएको छ । चक्रवातको प्रभावका कारण नेपालमा भारी वर्षाको सम्भावना रहेको र यसको असर पाँच दिनसम्म देखिने मौसमविदले बताएका छन् ।

अहिले गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा वर्षा गराउने प्रणाली सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै भोलि बेलुकादेखि शुक्रवारसम्म कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने र थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को १–२ ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ । यस्तै प्रदेश–१, प्रदेश–२ र वाग्मती प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । यो सिजनमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनापानीसमेतको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् मानन्धरको आग्रह छ ।

यस्तै उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँमा र अरु प्रदेशको एक–दुई ठाउँमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अरब सागरमा रहेको शक्तिशाली चक्रवातका कारण नेपालको हिमाल आरोहण प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाले उच्च हिमाली क्षेत्रमा उच्च वेगको हावाहुरीको सम्भावना रहेकाले पर्वतारोहण नगर्न र नगराउन आग्रह गरेको छ । चक्रवातको असरले नेपालमा आजदेखि देशभर मौसम बद्ली हुने भएको छ ।

मौसम बिग्रिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले आरोहीलाई सजकता अपनाउँदै सुरक्षित रहन आग्रह गरेको छ । विभागका निर्देशक मीरा आचार्यले हिमालमा रहेका पर्यटकलाई सजग गराउन र सुरक्षित राख्न एक्सिपिडिशन एजेन्सीलाई अनुरोध गरेकी छिन् । अहिले धेरै आरोही आरोहण अनुकूल मौसमको प्रतिक्षामा सगरमाथाको आधार शिविरमा छन् । गएको वैशाख २४ गतेदेखि सगरमाथाको व्यावसायिक आरोहण शुरु भएको थियो ।

प्रकाशित मिति : २०७८, ४ जेष्ठ मंगलबार  ९ : ५५ बजे

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही

काठमाडौं । नेकपा एमालेले पपुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक

सिन्धुलीको घाङलेखमा  एसबी आई बैंक लुटियो, काभ्रेबाट टाटा सूमो चढेर आएका थिए लुटेरा समूह

सिन्धुलीको घाङलेख गाउँपालिकामा रहेको नेपाल एसबी आई बैंक साँझ ७