२०८३, २६ आश्विन मंगलबार

कोरोना महामारीकैबीच निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

कोरोना महामारीकैबीच निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं, ३ जेठ  :  कोरोना महामारीकैबीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल डिजेल, मट्टितेल तथा हवाइ इन्धन (आन्तरिक उडान) को साविकको खुद्रा विक्री मूल्यमा प्रति लिटर रु २ वृद्धि गरेको हो ।

योसँगै काठमाडौं उपत्यकाभित्र पेट्रोलको मूल्य अब १२३ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य १०६ रुपैयाँ प्रतिलिटर पर्नेछ । यस्तै हवाइ इन्धनको ७८ रुपैयाँ प्रतिलिटर पर्ने निगमले जनाएको छ । निगमले एलपी ग्याँस र अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग हुने हवाइ इन्धनको मूल्य भने हाललाई यथावत राखेको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य वृद्धि गरिएको निगमको भनाइ छ । मूल्य बढाउँदा पनि इन्धनमा घाटा नै रहेको पनि निगमले जनाएको छ । बढेको मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुनेछ ।

प्रकाशित मिति : २०७८, ३ जेष्ठ सोमबार  ७ : ३९ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल