२०८२, २८ चैत्र आईतबार

काभ्रे प्रहरीद्वारा दुई अस्पताललाई सिलिण्डर हस्तान्तण

काभ्रे प्रहरीद्वारा दुई अस्पताललाई सिलिण्डर हस्तान्तण

जिल्ला प्रहरी कार्यालय काभ्रेले ६७ थान अक्सिजन सिलिण्डरहरु संकलन


धुलिखेल ३० बैशाख :   बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ बाट संक्रमितहरु अक्सिजनको अभावले आतंकित बनाइरहेको बेला काभ्रे प्रहरीले दुई अस्पताललाई अक्सिजनसहितको सिलिण्डर उपलब्ध गराएको छ ।

समुदायस्तरमा फैलिएको कोरोना भाइरसले सिर्जना भएको विषम परीस्थिती र आम समुदायको स्वास्थ्यमा पर्न गएको असरलाई कम गर्न र मानवीय क्षेतीको रोकथाम तथा संक्रमण दर नियन्त्रण गर्न काभ्रेको धुलिखेल सामुदायिक अस्पताललाई ३० थान र बनेपामा रहेको शिरमेमोरियल अस्पतालाई १० थान अक्सिजन सहितको सिलिण्डर उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले बताउनु भयो ।

खाली सिलिण्डर प्रहरीले जिल्लाका विभिन्न व्यवसायी, ग्रिल तथा आल्मुनियम उद्योग, विभिन्न बितरण केन्द्र र सहयोगी व्यक्तिहरुबाट संकलन गरेको थियो । खाली सिलिण्डरमा अक्सिजन भरी वितरण कोभिडको उपचारमा संलग्न काभ्रेका दुई अस्पतालाई वितरण गरिएको प्रहरीले जनाएको छ ।
हालसम्म जिल्ला प्रहरी कार्यालय काभ्रेले ६७ (सतसठ्ठी) थान अक्सिजन सिलिण्डरहरु संकलन गरी पनौती स्थित नवज्योति ग्याँस प्रा।लि।मा उक्त खाली सिलिण्डरहरु भर्ने काम भइरहेको छ । प्रहरीले थप खाली सिलिण्डरहरू संकलन गर्ने कार्यलाई जारी राखेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेको यस अभियानमा कोभिड रोकथाम तथा नियन्त्रणको लागि सहयोग गर्न ईच्छुक महानुभावहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा सम्पर्क गर्नहुन समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७८, ३० बैशाख बिहीबार  ८ : ०७ बजे

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको