२०८२, २८ भाद्र शनिबार

काभ्रे प्रहरीद्वारा दुई अस्पताललाई सिलिण्डर हस्तान्तण

काभ्रे प्रहरीद्वारा दुई अस्पताललाई सिलिण्डर हस्तान्तण

जिल्ला प्रहरी कार्यालय काभ्रेले ६७ थान अक्सिजन सिलिण्डरहरु संकलन


धुलिखेल ३० बैशाख :   बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ बाट संक्रमितहरु अक्सिजनको अभावले आतंकित बनाइरहेको बेला काभ्रे प्रहरीले दुई अस्पताललाई अक्सिजनसहितको सिलिण्डर उपलब्ध गराएको छ ।

समुदायस्तरमा फैलिएको कोरोना भाइरसले सिर्जना भएको विषम परीस्थिती र आम समुदायको स्वास्थ्यमा पर्न गएको असरलाई कम गर्न र मानवीय क्षेतीको रोकथाम तथा संक्रमण दर नियन्त्रण गर्न काभ्रेको धुलिखेल सामुदायिक अस्पताललाई ३० थान र बनेपामा रहेको शिरमेमोरियल अस्पतालाई १० थान अक्सिजन सहितको सिलिण्डर उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले बताउनु भयो ।

खाली सिलिण्डर प्रहरीले जिल्लाका विभिन्न व्यवसायी, ग्रिल तथा आल्मुनियम उद्योग, विभिन्न बितरण केन्द्र र सहयोगी व्यक्तिहरुबाट संकलन गरेको थियो । खाली सिलिण्डरमा अक्सिजन भरी वितरण कोभिडको उपचारमा संलग्न काभ्रेका दुई अस्पतालाई वितरण गरिएको प्रहरीले जनाएको छ ।
हालसम्म जिल्ला प्रहरी कार्यालय काभ्रेले ६७ (सतसठ्ठी) थान अक्सिजन सिलिण्डरहरु संकलन गरी पनौती स्थित नवज्योति ग्याँस प्रा।लि।मा उक्त खाली सिलिण्डरहरु भर्ने काम भइरहेको छ । प्रहरीले थप खाली सिलिण्डरहरू संकलन गर्ने कार्यलाई जारी राखेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेको यस अभियानमा कोभिड रोकथाम तथा नियन्त्रणको लागि सहयोग गर्न ईच्छुक महानुभावहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा सम्पर्क गर्नहुन समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७८, ३० बैशाख बिहीबार  ८ : ०७ बजे

सहकारी ठगीका आरोपी रवि लामिछाने नख्खु कारागारमा पुनः प्रवेश

काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका

मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की आन्तरिक छलफलमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद्‌ विस्तारको

जेनजीको आरोप लगाई नाङ्गै कुटपिट : अपमान सहन नसकी युवकले गरे आत्महत्या

कञ्चनपुर । कञ्चनपुरका नरेश धानुकले सामाजिक अपमान र कुटपिटको पीडा

आजबाट काठमाडौंमा जनजीवन सामान्य हुँदै

काठमाडौं । गत मंगलबारदेखि ठप्प रहेको काठमाडौं उपत्यकाको सार्वजनिक सवारी

शनिबार देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालको मनसुनको न्यून चापीय रेखा सरदर स्थान