२०८३, १२ बैशाख आईतबार

लोडर पल्टिँदा चालकको मृत्यु

लोडर पल्टिँदा चालकको मृत्यु


मकवानपुर ३० बैसाख : मकवानपुरको भीमफेदीमा बाटो सम्याउने क्रममा लोडर पल्टिँदा एक जनाको ज्यान गएको छ ।
भीमफेदी गाउँपालिका–३ कैलाशडाँडामा बुधबार राति लोडर पल्टिदा चालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा लोडर चालक भीमफेदी गाउँपालिका–३ चिलाउने बस्ने बर्ष २५ का राजेन्द्र तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।

हेटौंडा सिमेन्टको खानीतर्फ जाने बाटो सम्याउँदै हेटौंडातर्फ आउँदै गरेको उक्त लोडर अनियन्त्रित भइ पल्टिएको थियो । लोडर सडकबाट करिब एक सय मिटर तल खोल्सीमा खसेको प्रहरीले जनाएको छ । मृतक तामाङको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएका र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८, ३० बैशाख बिहीबार  १० : २७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले