काठमाडौं ३० बैशाख : काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको कोरोना संक्रमणबाट मृत्यु भएको छ । संक्रमणबाट स्वास्थ्यमा समास्या आएपछि टेकु अस्पतालमा भर्ना भएका श्रेष्ठको बुधवार साँझ मृत्यु हो ।
कोरोना संक्रमणबाट न्यायपालिकाका कर्मचारीहरु ठूलो संख्यामा संक्रमित भए पनि न्यायाधीशको मृत्यु भएको पहिलो घटना भएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार ज्ञानेन्द्र इटनीले नेपालप्रेसलाई जानकारी दिए । श्रेष्ठलाई दुई साताअघि अस्पतालमा भर्ना गरिएको थियो ।
प्रतिक्रिया