२०८३, ३० भाद्र बुधबार

३१ सहसचिवको सरुवा को कता पुगे ? सूचीसहित

३१ सहसचिवको सरुवा को कता पुगे ? सूचीसहित


काठमाडौं १३ फागुन : सरकारले ३१ सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक रूपनारायण भट्टराईको सरुवा गरेको छ। मैनालीलाई अर्थ मन्त्रालय पठाइएको छ भने भट्टराईलाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ल्याइएको छ। यातायात व्यवस्था विभागका गोगनबहादुर हमाल सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव खगेन्द्रप्रसाद रिजाल र शिवकुमार कार्कीलाई गृह मन्त्रालय पठाइएको छ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका छविलाल रिजाललाई गृह मन्त्रालयमा पठाइएको छ। लगानी बोर्डका धमेन्द्र कुमार मिश्रलाई मधेसी आयोगमा सरुवा गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश नं २ का सचिव भूपाल बराललाई लगानी बोर्डमा पठाइएको छ।

यस्तै रक्षा मन्त्रालयका राम प्रसाद आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका आनन्द काफ्लेलाई अर्थ मन्त्रालय, अर्थ मन्त्रालयको गजेन्द्र ठाकुरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ।

यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई गृह मन्त्रालयमा तानिएको छ। यस्तै अख्तियारका प्रकाश पौडेललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ।

गृह मन्त्रालयका रमेश न्यौपानेलाई खानेपानी मन्त्रालय, खानेपानीका रितेश कुमार शाक्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ।

सामान्य प्रशासन मन्त्रालयका ऋषि तिवारीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, गृह मन्त्रालयका पुण्य विक्रम पौडेललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेश, गृह मन्त्रालयका अर्जुनकुमार शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालयका उमेश बस्नेतलाई विराटनगर महानगर पालिकाकामा सरुवा गरिएको छ।

मधेसप् आयोगका भुवनहरि अर्याललाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय,गृह मन्त्रालयका हिरालाल रेग्मीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेश, गृह मन्त्रालयका रमेश सिवाकोटीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेशका शोभाकान्त पौडेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सहकारी विभागका रजिस्टार टोकराज पाण्डेलाई रक्षा मन्त्रालय, सामाजिक विकास मन्त्रालय सुदूर पश्चिम प्रदेशका रघुराम बिष्टलाई आर्थिक मामिला तथा योजना मन्त्रालय सुदूर पश्चिममै सरुवा गरेको छ।

हेटौडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नमराज घिमिरेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेललाई ऊर्जा, जलस्रोत मन्त्रालयमा, अर्थ मन्त्रालयका शिवादेवी दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सिबावाल तिवारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषको कार्यालय बागमती प्रदेशका डा। हरी लम्साललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ।

प्रकाशित मिति : २०७७, १३ फाल्गुन बिहीबार  ९ : ५३ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक