२०८३, १८ भाद्र शुक्रबार

प्रचण्ड र माधवबीच ५०/५० को भागवण्डा

प्रचण्ड र माधवबीच ५०/५० को भागवण्डा


काठमाडौँ, ९ फागुन । नेकपा दाहाल नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबीच ५०–५० को भागवण्डामा सहमति भएको छ । आइतबार दुई अध्यक्षबीच पार्टी कमिटी एवम् जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणमा आधा–आधाको अनुपातमा गर्ने सहमति भएको हो । नेकपाको कमिटीहरुमा अब दुबै पक्षको ५०–५० प्रतिशत हुने छ । यसका लागि दुई अध्यक्षले नौ वटा आधार तय गरेका छन् ।

पदपूर्तिका नौ आधार:

१) प्रदेश र जिल्लाका इञ्जार्ज र सहइञ्चार्जलगायतका पार्टी पदाधिकारीमा जुन पक्षबाट रिक्त भएको हो, सोही पक्षबाट पूर्ति गर्ने । त्यसमा ५०र५० प्रतिशत हुने गरी पदाधिकारी राख्दा वरिष्ठतामा ध्यान दिने ।

२) पार्टी कमिटीमा ५०५० प्रतिशत हुने गरी विशेष स्थितिको विशेष व्यवस्था गर्ने ।

३) पार्टी कमिटी र जनसंगठनमा वरीयतालाई प्राथमिकता दिने ।

४) एकीकरणको काम वा रिक्त पदको पूर्ति विशिष्ट स्थितिमा स्थानीय आवश्यकताअनुसार प्रदेश कमिटीले निर्णय गर्ने ।

५) पार्टी केन्द्रीय कमिटी सदस्य स्थान रिक्त रहेको ठाउँमा दस्यको चयन नहुदाँसम्म केन्द्रीय निकायले गर्नुपर्ने जिम्मेवारीका लािग केन्द्रीय प्रतिनिधिले गर्ने ।

६) पूर्वएमालेमा फुटपरस्तले कार्यकर्ता भ्रमित तुल्याउने प्रयास गरेकाले जिम्मेवादरी प्रदान गर्दा ध्यान दिने ।

७) प्रदेश कमिटीका सदस्यहरूको पूर्ति प्रदेश समितिको सिफारिशमा केन्द्रले गर्ने ।

८) पार्टी पक्ति उत्साहित हुने जिम्मेवारी औचित्यपूर्ण देखिने र विद्यमान चुनौतीको सामना गर्न सक्ने स्थिति निर्माण हुन सक्ने नेतृत्व चयन गर्ने ।

९) यथाशीघ्र रिक्त स्थानहरू पूर्ति गर्ने ।

प्रकाशित मिति : २०७७, ९ फाल्गुन आईतबार  १० : २१ बजे

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण

नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल

नुवाकोट । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन