२०८२, २१ माघ बुधबार

कोरोना र विकृत राजनीतिको प्रभाव विकासमा, १० मन्त्रालयको पुँजीगत खर्च १० प्रतिशत भन्दा तल

कोरोना र विकृत राजनीतिको प्रभाव विकासमा, १० मन्त्रालयको पुँजीगत खर्च १० प्रतिशत भन्दा तल


काठमाडौं, १२ माघ :   कोरोना महामारी र विकृत राजनीतिका कारण मुलुकको आर्थिक विकासमा गम्भीर असर परेको चालू आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षाले देखाएको छ ।

आर्थिक वर्षको आधा अवधि समाप्त हुँदा संघीय सरकारका अधिकांश मन्त्रालयको विकास खर्च १० प्रतिशत पनि हुन सकेको छैन । तर, मन्त्रालयहरूको चालू खर्चमा भने कुनै पनि कमी आएको छैन । संघीय सरकारका १८ मध्ये १० वटा मन्त्रालयको पुँजीगत खर्च १० प्रतिशतभन्दा कम देखिएको हो । बाँकी ८ मध्ये ६ मन्त्रालयको पुँजीगत खर्च २० प्रतिशत कटाउन सकेका छैनन्, २ मन्त्रालयले मात्रै २५ प्रतिशतसम्म खर्च गर्न सकेका छन् ।

समग्रमा यस अवधिमा सरकारले १४ दशमलव ४ प्रतिशत मात्रै पुँजीगत खर्च गर्न सकेको छ । चालू आर्थिक वर्षमा ३ खर्ब ५२ अर्ब ९२ करोड रुपैयाँ पुँजीगत बजेट विनियोजन भएकोमा ५० अर्ब ८२ करोड रुपैयाँ मात्रै खर्च हुन सकेको बजेटको मध्यावधि समीक्षाले देखाएको छ । सरकारको कुल बजेट भने १४ खर्ब ७४ अर्ब ६५ करोड रहेकोमा पुस मसान्तसम्म ४ खर्ब १५ अर्ब ७५ करोड अर्थात् २८ दशमलव १९ प्रतिशत खर्च हुन सकेको छ ।

पुँजीगत खर्चमा सबैभन्दा कमजोर सञ्चार तथा सूचना प्रविधि मन्त्रालय देखिएको छ । सञ्चार मन्त्रालयले ६ महिनामा वार्षिक बजेटको १।९९ प्रतिशत मात्रै पुँजीगत खर्च गर्न सकेको छ । सबैभन्दा बढी पुँजीगत खर्च गृह मन्त्रालयले गरेको छ ।

यस अवधिमा गृहले वार्षिक विनियोजित बजेटको २५।४८ प्रतिशत पुँजीगत खर्च गर्न सकेको अर्थ मन्त्रालयले जनाएको छ । संवैधानिक व्यवस्थाअनुसार आर्थिक वर्ष सुरु हुनुभन्दा डेढ महिनाअघि १५ जेठमै बजेट आएको भए पनि विकास खर्च भने निराशाजनक देखिएको हो । गत आवको तुलनामा सरकारको ६ महिनाको पुँजीगत खर्च १९.६० प्रतिशतले कमी हो ।

चालू खर्च साढे ३६.०८ प्रतिशत पुग्यो
संघीय सरकारको विकास खर्च निराशाजनक भए पनि चालू खर्च भने नियमित रूपमा बढिरहेको छ । ६ महिनामा सरकारले कुल ३ खर्ब ४२ अर्ब ३६ करोड रुपैयाँ चालू खर्च गरेको छ । जुन कुल चालू बजेट ९ खर्ब ४८ अर्ब ९४ करोडको ३६।०८ प्रतिशत हो ।

गत वर्षको तुलनामा चालू खर्च १० प्रतिशतले बढी भएको अर्थ मन्त्रालयले जनाएको छ । पुस मसान्तसम्ममा सरकारले कुल ४ खर्ब १५ अर्ब ७५ करोड रुपैयाँ खर्च गरेको छ । कुल विनियोजित बजेट १४ खर्ब ७४ अर्ब ६४ करोडको २८।१९ प्रतिशत हो । गत वर्षको तुलनामा संघीय सरकारले गरेको कुल खर्च १।२७ प्रतिशतले बढी हो ।

राजस्व वार्षिक लक्ष्यको ३४ प्रतिशत नाघ्यो
सरकारले पुस मसान्तसम्ममा कुल ३ खर्ब ८० अर्ब ९ करोड राजस्व संकलन गरेको अर्थ मन्त्रालयले जनाएको छ । ६ महिनामा कुल लक्ष्यको ३४।१० प्रतिशत राजस्व संकलन भएको हो । यस अवधिमा सरकारको कुल प्राप्ति ४ खर्ब १५ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ, जुन लक्ष्यको २८।१९ प्रतिशत हो ।

यस्ता छन् अर्थ मन्त्रालयले देखेका बजेट कार्यान्वयनका चुनौती
अर्थ मन्त्रालयले बजेट कार्यान्वयनमा विभिन्न चुनौतीसमेत औंल्याएको छ । गैरबजेटरी माग, थप निकासा माग, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व कानुनको परिपालनामा बेवास्ता, बजेट विनियोजनमा पर्याप्त ध्यान नदिने र रकमान्तर र कार्यक्रम संशोधनको दबाब, बजेट तर्जुमाका बखत ध्यान नपुर्‍याएको, वैदेशिक सहायता स्रोत परिचालनमा अनिच्छा, शोधभर्ना मागमा बेवास्ता नै बजेट कार्यान्वयनको चुनौती रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, कार्यविधि र मापदण्ड निर्देशिका तर्जुमा गर्न ढिलाइ, विनियोजन ऐन र बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनको कमजोर परिपालना, बजेटरी सहायतासँग जोडिएका नीतिगत सुधारका क्षेत्रमा असहयोग, खर्चसम्बन्धी मापदण्ड उल्लंघन गर्ने परिपाटी, बजेट बाँडफाँडमा ढिलाइ पनि बजेट कार्यान्वयनमा चुनौती रहेका छन् ।

मन्त्रालयका अनुसार आकस्मिक खर्चको दबाब, संगठन संरचना र दरबन्दी विस्तार गर्ने होडबाजी, आयोजना वर्गीकरणसम्बन्धी मापदण्डको उल्लंघन, राष्ट्रिय महत्वका कार्यक्रम र आयोजनाबाट रकमान्तर प्रस्तावलगायत पनि बजेट कार्यान्वयनका लागि चुनौती हुन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। पुष्पराज कँडेलले बजेट कार्यान्वयनका मापदण्डहरूलाई कडाइका साथ कार्यान्वयन गर्न जरुरी रहेको बताए । अर्थसचिव शिशिरकुमार ढुंगानाले पछिल्ला दिनमा आर्थिक गतिविधि बढेको, ५४ प्रतिशत उद्योगहरू पूर्ण रूपमा सञ्चालनमा आएको, ३६ प्रतिशत आंशिक रूपमा सञ्चालनमा आएको बताउँदै पुँजीगत खर्च बढाउनका लागि थप पहल गर्नुपर्ने बताए । राजस्व सचिव रामशरण पुडासैनीले बजेट खर्च नहुँदा रोजगारी सिर्जनामा समेत असर पर्ने भन्दै बजेट खर्चलाई सर्वाधिक महत्व दिएर अघि बढ्नुपर्ने बताए । नयाँ पत्रिका दैनिकबाट

प्रकाशित मिति : २०७७, १२ माघ सोमबार  ७ : ४३ बजे

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक