२०८३, १५ भाद्र मंगलबार

सिन्धुलीमा बन्चरो प्रहार गरी पत्नीको हत्या

सिन्धुलीमा बन्चरो प्रहार गरी पत्नीको हत्या


धुलिखेल ११ माघ : हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीकी ३६ वर्षीया राममाया घलानको पति ४० वर्षीय शेरबहादुर बुजुले बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पत्नी राममायालाई माघ ९ गते राती ११ बजे शेरबहादुरले टाउकोमा बन्चरो प्रहार गरेका थिए । टाउकोमा चोट लागि गम्भीर घाइते भएकी राममायालाई राति नै उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा उपचारको क्रममा माघ १० गते बिहन १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी श्यामबहादुर खत्रीले बताउनु भयो । घटनाको कारण खुल्न नसके पनि पति पत्नीबीच झगडा भइरहने गरेको स्थानीयले बताएको डिएसपी खत्रीले जनाकारी दिनु भयो ।

डिएसपी खत्रीले पत्नीलाई बन्चरो प्रहार गरी फरार भएका शेरबहादुरको खोजी तथा घटनाको अनुशन्धान भइरहेको बताउनु भयो ।शवको पोष्टमार्टम माघ १० गते हेटौँडा अस्पतालमा गरिएको छ । ईन्सेक अनलाईन

प्रकाशित मिति : २०७७, ११ माघ आईतबार  ६ : ४८ बजे

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धारसँगै पुनःस्थापनामा सरकार केन्द्रित : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी

‘यो पागलपन रोक्नुपर्छ’ भन्ने गुटेरेसको त्यो अभिव्यक्ति र भोटेकोशीको बाढी

नेपालका हिमाली भेगमा वर्षेनी बढ्दै गएको तापक्रम, पग्लिरहेका हिमनदी र

राहत कोषमा केल्मी नेपालको १५ लाख, ‘क्लोथ बैंक’ सञ्चालन गर्ने

काठमाडौँ । विपद्का बेला सामाजिक उत्तरदायित्व वहन गर्दै आएको खेलकुद

हत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ आयोजनाका संरचना ध्वस्त भएको जानकारी 

काठमाडौं । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा

सर्वदलीय संयन्त्रलाई प्रदेश र स्थानीय तहसम्म विस्तार गर्ने निर्णय

काठमाडौं । मंगलबार बसेको सर्वदलीय बैठकले केन्द्रमा गठन गरिएको सर्वदलीय