२०८३, २३ भाद्र बुधबार

तेमालमा ‘अध्यक्ष कप’ फुटबल प्रतियोगिता, प्रथम पुरस्कार २ लाख

तेमालमा ‘अध्यक्ष कप’ फुटबल प्रतियोगिता, प्रथम पुरस्कार २ लाख


तेमाल ६ माघ  :   तेमाल गाउँपालिकामा गत वर्ष जस्तै यो वर्ष पनि काभ्रे तेमाल गाउँपालिकामा अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रम अनुसार प्रतियोगिता संञ्चालन गर्न लागीएको गाँउपालिकाका अध्यक्ष सलाम सिं तामाङले बताउनु भयो ।

अध्यक्ष तामाङका अनुसार गाउँपालिका स्तरीय दोस्रो अध्यक्ष कप फुटवल प्रतियोगिता हुन लागेको हो । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आगामी माघको २५, २६ र २७ गते तेमाल गााउपालिका वडा नम्बर ७ चापाखोरीमा प्रतियोगिता संञ्चालन हुनेछ । प्रतियोगितामा पालिकाको प्रत्येक वडाको समुह बिच प्रतिस्पर्धा हुने गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने समुहका लागि २ लाख, दोस्रो समुहका लागि १ लाख ५० हजार र तेस्रो समुहका लागी १ लाख रुपैया नगद पुरस्कारको ब्यबस्था गरिएको छ । यस्तै सान्त्वना पुरस्कार ५० हजार, बेस्ट किपर, प्रतियोगितामा धेरै गोल गर्ने खेलाडी र उत्कृष्ट खेलाडीलाई ५ हजार रुपैया नगद पुरस्कारको ब्यबस्था गरिएको बताईएको छ ।

प्रकाशित मिति : २०७७, ६ माघ मंगलबार  ९ : ०४ बजे

सरकार जनताको समस्या समाधान गर्न असफल : सन्तना दाहाल न्यौपाने

ललितपुर । नेकपा (एमाले) ले वर्तमान सरकार जनताका समस्या समाधान गर्न

यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ

काठमाडौं । नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले

सालिक बनाएर मात्र शहीदको सम्मान हुँदैन : हिरामान लामा

काठमाडौं । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जेन–जी आन्दोलनका

‘देश जलाएर सत्ताको कुर्सीमा मुस्कुराउनेहरूलाई इतिहासले माफ गर्दैन’ : निरज आचार्य

काठमाडौं ।  नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

भदौ २४ मा देश जलाउनेहरू जेनजी होइनन्, राष्ट्रका दुश्मन हुन् : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले २०८२ साल भदौ २४