२०८३, २५ भाद्र शुक्रबार

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम


धुलिखेल ५ माघ : अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) काभ्रेद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ ४ गते धुलिखेलमा सम्पन्न भएको छ ।

एजयतयद्दण्द्दज्ञण्ज्ञज्ञठप्बखचभघजिल्लामा २०२० जनवारी १ देखि डिसेम्बरसम्म एक वर्षको अवधिमा सङ्कलन गरिएको महिला अधिकार अन्तर्गत ४० ओटा भन्दा बढी घटना अभिलेख गरिएकोमा परिवारजनबाट तीन जनाको हत्या, कथित बोक्सीको आरोप तीन ओटा, बहुविवाह चार ओटा, बलात्कारका २५ ओटा, घरेलु हिंसाका पाँच ओटा रहेका छन् ।

बाल अधिकार उल्लङ्घनतर्फ २० ओटा घटना अभिलेख भएकोमा १७ जना बालिका बलात्कारबाट पीडित भएका छन् । साथै राज्य पक्षबाट भएका मानव अधिकार उल्लङ्घनका घटनामा नेपाल कम्न्युष्टि पार्टी (नेकपा) का पाँच जना कार्यकर्ता गिरफ्तार भएको अभिलेख रहेको छ ।

पूर्व समीक्षा कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले शान्तिपूर्ण रुपमा बाच्न पाउने अधिकार कसैले हनन गर्न नपाउने बताउनुभयो ।

उहाँले समाजमा हुने आपराधिक घटना कम गराउन समाजकै व्यक्तिहरूको पनि महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । यसै गरी विशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले मावन अधिकार वर्ष पुस्तकमा समाजमा भइरहेका घटनाहरू उल्लेख गरेर राज्यलाई इन्सेकले झकझक्याउने गरेको बताउनुभयो ।

साथै उहाँले समाजमा हुने गरेका यस्ता घटनाका कारण पत्ता लगाएर न्यूनिकरणका लागि आवश्यक उपाय अवलम्बन गर्न राज्यले ध्यान दिनुपर्ने बताउनु भयो । कार्यक्रममा इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक कृष्ण गौतमले मानव अधिकार वर्ष पुस्तकमा उल्लेख गरिने घटनाले आउँदा दिनमा समाजमा केकस्ता घटना हनसक्छन् भन्ने पूर्वअनुमान गर्दै आगामी दिनमा मानव अधिकार उल्लङ्घनका घटनालाई कम गर्न सकिने बताउनु भयो ।

जिल्ला समन्वय समितिका उपप्रमुख मञ्जु गौतमले कतिपय ठाउँमा जघन्य अपराधका घटना समेत मेलमिलाप भएको आफूले सुनेको भन्दै मानव अधिकार वर्ष पुस्तकमा मेलमिलाप भएका घटनाका विषयलाई समेत समेटेर नयाँ संरचना अनुसार स्थानीय न्याय समितिबाट न्यायमा भइरहेका प्रगतिलाई उल्लेख गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले हरेक स्थानीय तहमा न्यायिक समिति मार्फत धेरै न्यायनिरुपण भएको भन्दै न्यायमा सबैको पहुँच अभिवृद्धि गर्न इन्सेकलाई सुझाव दिनुभयो । कार्यक्रमा जिल्लाका पत्रकार, नागरिक समाजका अगुवा, काभ्रे बार लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

इन्सेकले हरेक वर्ष फागुन ७ गते प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशनका लागि जिल्लामा अभिलेख भएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको बारेमा वर्षमा दुई पटक पूर्व समीक्षा गर्ने गरेको छ ।

प्रकाशित मिति : २०७७, ५ माघ सोमबार  ८ : ४५ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको