२०८३, १३ बैशाख सोमबार

काठमाडौंको टोखामा श्रीमानको हत्या गरी श्रीमतीले गरिन् आत्महत्या

काठमाडौंको टोखामा श्रीमानको हत्या गरी श्रीमतीले गरिन् आत्महत्या


काठमाडौं २५ पुस :   काठमाडौंको टोखामा श्रीमानको हत्या गरी श्रीमतीले आत्महत्या गरेकी छन् । श्रीमती सुदिक्षा गिरीले श्रीमान उमेश केसीको हत्या गरी झुण्डिएर आत्महत्या गरेकी हुन् ।

उमेश केही हप्ता अगाडिमात्र अमेरिकाबाट फर्किएका थिए । उनीहरु ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा बस्दै आएका थिए । सुर्खेत घर भएका उनीहरुबीच केही दिनयता विवाद हुँदै आएको थियो । गएराति उमेश बेडरुममा लडिरहेको अवस्थामा फेला परेका थिए भने श्रीमती सुदिक्षा कोठाभित्रै झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उमेशको शव नजिकै रगत लागेको सिलौटोसमेत फेला परेको र उनको कानबाट रगत बगेको देखिएकाले सिलौटो प्रहार गरेर हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको एक अधिकारीले बताए ।

‘कोठाभित्रबाट लक थियो । त्यसैले बाहिरबाट कोही गएर हत्या गरेको पनि देखिँदैन,’ ती अनुसन्धान अधिकृतले भने, ‘श्रीमानको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ ।’

यद्यपि विस्तृत विवरण भने पोष्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरीले जनाएको छ । काठमाडौं प्रहरीका डिएसपी प्रमिश विष्टले घटनाबारे आफूहरुले गएराति पौने नौ बजे खबर पाएको र त्यसलगत्तै घटनास्थलमा पुगेर मुचुल्का उठाइ पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल पठाइएको जानकारी दिए । अनलाइन खबरबाट 

प्रकाशित मिति : २०७७, २५ पुस शनिबार  ९ : ४८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले