धुलिखेल २४ पुस : संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) प्रचण्ड–माधव समूहले जिल्ला प्रशासन कार्यालय काभ्रे मार्फत प्रधानमन्त्रीलाई विरोध पत्र बुझाएको छ । प्रचण्ड–माधव पक्षका नेता तथा कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालयहरुमा पुगेर प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल मार्फत प्रधानमन्त्रीलाई विरोध पत्र पठाएका हुन् ।
धुलिखेलमा जम्मा भएर नेकपाका जिल्ला अध्यक्ष रुकु चौलागाइ, सचिव टोकबहादुर बाईवा र निवर्तमान संघीय सांसद गंगाबहादुर दोङ बागमती प्रदेश सदस्यहरु रत्न ढकाल, बसुन्धरा हुमागाई र लक्ष्मण लम्साल सहितको टोली प्रशासन कार्यालय पुगेका थिए ।
विरोध पत्रमा प्रतिनीधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएकोले निर्णय फिर्ता लिएर अधिवेशन बोलाउन माग गरिएको छ ।
प्रतिक्रिया