२०८२, ३ असार मंगलबार

पूर्वप्रहरीकै सेटिङमा एयरपोर्टभित्र गोली र पेस्तोल

पूर्वप्रहरीकै सेटिङमा एयरपोर्टभित्र गोली र पेस्तोल


काठमाडौं २१ पुस :   प्रहरीका पूर्वसईकै सेटिङमा एयरपोर्टसम्म गोली र पेस्तोल पुगेको पाइएको छ। सुरक्षाको हिसाबले अति संवेदनशील मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल ९डोमेस्टिक० कक्षबाट आइतबार ५० थान गोली बरामद भएपछि प्रहरीले अनुसन्धान गर्दा पूर्व प्रहरी कर्मचारीको सेटिङ भएको भेटिएको हो।

प्रहरीका अनुसार पेस्तोल र गोलि बोक्ने व्यक्ति झापा मेचीनगर–२ का बद्रीहाङ राई प्रहरीका पूर्वकर्मचारीका छोरा भएको खुलेको छ। बद्रिहाङका बुबा रामचन्द्र राई ४ वर्षअघि मात्रै प्रहरी सेवाबाट अवकाश प्राप्त थिए। उनका छोरा बद्रिहाङ पक्राउ परेपछि उनले बाबुकै योजनामा पेस्तोल र गोली बोकेको प्रहरीलाई बताएका छन्।

श्री एयरलाइन्सको जहाजबाट भद्रपुरतर्फ प्रस्थान गर्न लागेका राईलाई चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरीले दिउँसो १२ बजे समातेको थियो। राईले झोलाभित्र पेस्तोल र गोली राखेका थिए। प्रहरीको हाते चेकिङसमेत छलेका उनले एक्सरे मेसिनमा झोला चेक गर्ने क्रममा मेसिनले पत्ता लगाएको थियो। मेसिनले मेटल र धातुजन्य वस्तु बोकेको संकेत दिएपछि प्रहरीले झोला खोल्ने क्रममा गोली र पेस्तोल देखिएको थियो।

विमानस्थलका प्रहरी प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले विमानस्थल जस्तो संवेदनशील ठाउँमा गोली भेटिनु आश्चर्यजनक विषय रहेको बताए। उनले भने, ‘हामीले कडाइ गरेकै कारण गोली फेला पर्‍यो, यो निकै गम्भीर र आश्चर्यजनक घटना हो ।’ उनका अनुसार पक्राउ परेका राईलाई महानगरीय प्रहरी वृत गौशालामा राखिएको छ । नागरिक दैनिकले खबर छापेको छ ।

प्रकाशित मिति : २०७७, २१ पुस मंगलबार  ८ : १५ बजे

सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र

कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ का

आज प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इजरायल  । इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ। आइतबार

देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ। भारतिय सञ्चार