२०८२, २१ असार शनिबार

काठमाडौं हल्का वर्षा, उच्च पहाडी र हिमाली भेगमा हिमपात

काठमाडौं हल्का वर्षा, उच्च पहाडी र हिमाली भेगमा हिमपात


काठमाडौं २० पुस :   जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा छिटफुट वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ।

महाशाखाका मौसमविद समीर श्रेष्ठका अनुसार पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बद्ली भएको र केही ठाउँमा हल्का वर्षा तथा हिमपात भएको हो। बिहान मौसम सामान्य बदली भएको छ। दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भवना रहेको छ। यस्तै, प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ।

सोमबार राति पनि देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिउँ पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेकाको पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। यस्तै, चिसो बढ्ने सम्भावना रहेकाले सजग हुन पनि अनुरोध छ।

प्रकाशित मिति : २०७७, २० पुस सोमबार  ८ : २६ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न