२०८३, १५ आश्विन शुक्रबार

काठमाडौं हल्का वर्षा, उच्च पहाडी र हिमाली भेगमा हिमपात

काठमाडौं हल्का वर्षा, उच्च पहाडी र हिमाली भेगमा हिमपात


काठमाडौं २० पुस :   जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान काठमाडौं उपत्यकासहित देशका पहाडी भेगमा छिटफुट वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ।

महाशाखाका मौसमविद समीर श्रेष्ठका अनुसार पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बद्ली भएको र केही ठाउँमा हल्का वर्षा तथा हिमपात भएको हो। बिहान मौसम सामान्य बदली भएको छ। दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भवना रहेको छ। यस्तै, प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ।

सोमबार राति पनि देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिउँ पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेकाको पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। यस्तै, चिसो बढ्ने सम्भावना रहेकाले सजग हुन पनि अनुरोध छ।

प्रकाशित मिति : २०७७, २० पुस सोमबार  ८ : २६ बजे

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र

१६६ वटा विधेयक संसदमा दर्ता गर्ने सरकारको लक्ष्य : कानुनमन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले चालु

अमेरिकी सैन्य फिर्तीको इराक आयाम

अमेरिकाले सन् २००३ मा सद्दाम हुसेनको शासनसत्ता अन्त्य गर्ने र