२०८३, २९ आश्विन शुक्रबार

किसानको पैसा मात्र होइन, मुद्दा पनि हरायो

किसानको पैसा मात्र होइन, मुद्दा पनि हरायो


काठमाडौं, ९ पुस :  उखुको ९० करोड बक्यौता रकम उठाउन मध्यपुसको चिसोमा किसान ११ दिनदेखि राजधानीका सडकमा आन्दोलनरत छन् । निरन्तर बढिरहेको चिसोले कतिपय किसान बिरामी पनि भइरहेका छन् । तर, संसद् विघटन गर्ने सरकारको पछिल्लो कदमले किसानको पैसा मात्रै होइन, मुद्दा पनि ओझेलमा परेको छ ।

आन्दोलनका लागि काठमाडौं आएका किसान गौशालास्थित धर्मशालामा बसेका छन् । बिहान ११ बजे उनीहरू माइतीघर चोकमा पुग्छन्, उखु बेचेको रकम उठाइदिन माग गर्दै दिनभरि चिसो सडकमा धर्ना दिन्छन् र, साँझ धर्मशालामै फर्किन्छन् । सर्लाही, रौतहट, कपिलवस्तु, नवलपरासी, बारालगायतका जिल्लाबाट आएका किसानको पछिल्लो ११ दिनदेखिको दैनिकी हो यो । बुधबार उनीहरूले उखुको लाँक्रा र हलो–जुवा प्रदर्शन गर्दै विरोध जनाए ।

सरकारले भने उनीहरूप्रति चासो दिन छाडेको छ । पछिल्लो पटक आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्योगहरूले भुक्तानी दिने क्रम सुरु भएकाले आन्दोलन स्थगित गर्न किसानलाई आग्रह गरेका थिए । तर, किसानले पूरै भुक्तानी नपाएसम्म आन्दोलन जारी राख्ने बताएका थिए । त्यसयता उनीहरूको सरकारसँग संवाद हुन सकेको छैन । ऋण खोजेर आएका किसानलाई खानबस्न पनि समस्या भइरहेको छ ।

केही दिनदेखि मनकारी हातहरूले भने किसानलाई सहयोग गरिरहेका छन् । ‘हाम्रो टिम नेपाल’ समूहले उनीहरूलाई गौशालाबाट माइतीघरसम्म ल्याउने र पुर्‍याउने तथा चिया–खानामा सहयोग गरिरहेको छ । सर्लाही उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायका अनुसार यो समूहले धर्मशालामै बेलुकाको खाना र दिउँसो आन्दोलनस्थलमै चिया खुवाइरहेको छ । त्यस्तै, बिहानको खाना अर्का एक व्यक्तिले धर्मशालामै खुवाइरहेको उनले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रकाशित मिति : २०७७, ९ पुस बिहीबार  ८ : ४० बजे

गगनको टिममा नयाँ अनुहार, कांग्रेस रूपान्तरणको चुनौती

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित

राजनीतिक उपलब्धि जोगाउन सबै शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको

आफूअनुकूल सरकार बनाउने प्रवृत्तिको छानबिन हुनुपर्छ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक प्रक्रियाबाहिरबाट

कांग्रेसको दलित सहमहामन्त्रीमा स्नेहीको फराकिलो जित

काठमाडौं । नेपाली कांग्रेसको दलित क्लस्टरतर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली ‘स्नेही’