२०८१, २३ भाद्र आईतबार

पूर्व भारतीय राजदूत राय लेख्छन् –चीनले ओलीको निरन्तरता भन्दा नेकपाको एकता रोज्यो

पूर्व भारतीय राजदूत राय लेख्छन् –चीनले ओलीको निरन्तरता भन्दा नेकपाको एकता रोज्यो


काठमाडौं, ८ पुस :  नेपालको संसद भंग भएपछि भारतको संस्थापन धारले सन्तोष मानेको छ । ‘नेपालमा चीनको बढ्दो प्रभाव अब खण्डित भएको छ, भारतले आफ्नो पूर्ववत् वर्चश्व कायम गर्ने अवस्था सिर्जना भएको छ,’ भारतीय जनता पार्टीका नेता र भारतीय विदेश मन्त्रालयसहित कर्मचारीतन्त्रको मूल्यांकन छ ।

नेपालका लागि भारतीय पूर्वराजदूत रणजित राय, भारतीय सेनाका पूर्वमेजर जनरल अशोक मेहताले चीनको प्रभाव घटेको भन्दै भारतलाई फाइदा भएको टिप्पणी पनि गरिसकेका छन् । मंगलबार द इकोनोमिक टाइम्समा प्रकाशित लेखमा पूर्वराजदूत रायले नेकपा मिलाउने चीनको प्रयास सफल नभएको निष्कर्ष दिएका छन् ।

‘चिनियाँहरूले ओलीलाई सहयोग गरिरहेको वेलासम्म सबै ठीक थियो । तर, चीनले ओलीको नेतृत्वको निरन्तरतामा भन्दा नेकपा एक रहने विषयमा बढी चासो दिएको महसुस भएपछि ओलीको रणनीति बदलियो,’ राजदूत रायले लेखेका छन् । ओलीले त्यसपछि भारतसँग सम्पर्क बढाएको उनको मूल्यांकन छ ।

भारतका विज्ञहरूको अर्को समूहले भने ओलीको निर्णयले हिमालय क्षेत्रमा अस्थिरताको बिउ रोपेको तर्क गरेको छ । ‘हिमालयमा राजनीतिक अस्थिरता भारतको पक्षमा हुँदैन । रणनीतिक संवेदनशीलता नबुझ्नेहरूले ओलीको कदमलाई सही रूपमा लिन सक्लान्, तर यो सहज परिस्थिति होइन,’ रक्षा मन्त्रालयसम्बद्ध थिंकट्यांक एमपिआइडिएसएका नेपालविज्ञ डा। निहार नायकले भने, ‘भारतका लागि पनि सहज अवस्थाचाहिँ होइन ।’

भारतले नेपालको घटनाक्रमबारे आधिकारिक रूपमा भने प्रतिक्रिया जनाएको छैन । ‘भारत नेपालमा सरकार र राज्य संयन्त्रहरूसँग सहकार्य गर्ने पक्षमा छ । यो सरकार निरन्तर रहे पनि, अर्को सरकार आए पनि सहकार्य गर्नेछ । तर, नेकपाभित्रको विवादले ल्याएको संकटमा भारत फस्न चाहँदैन,’ भारतीय विदेश मन्त्रालयसम्बद्ध एक अधिकारीले भने, ‘विगतमा यस्ताखाले राजनीतिक घटनाक्रम हुँदा भारतको नाम जोडिन्थ्यो, भारतविरोधी भावना उत्पन्न हुन्थ्यो, अहिले यस सन्दर्भमा भारतलाई सजिलो भएको छ ।’ नेपाल हेर्ने एक भारतीय कूटनीतिज्ञले यो परिस्थिति भारतलाई अनुकूल वा प्रतिकूल नहुने विश्लेषण गरे ।

दिल्लीबाट उनले टेलिफोनमा भने, ‘नेकपाभित्रको झगडामा भारतले होइन, चीनले मध्यस्थता गरिरहेको थियो । यो परिस्थिति आउँदा चीन दुःखी होला, भारत न दुःखी छ, न खुसी छ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रकाशित मिति : २०७७, ८ पुस बुधबार  ८ : १८ बजे

भृकुटीमण्डपमा विद्युतीय अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

काठमाडौ । काठमाडौँमा ‘तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा

तीज पर्वले महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्य गर्ने सभामुख घिमिरेको विश्वास

काठमाडौं । सभामुख देवराज घिमिरेले तीजले महिलाविरुद्ध हुने सबै प्रकारका

तीज गीतमा छैन मौलिकता : परिवारसँगै बसेर सुन्न र हेर्न नसकिने

आकांक्षा धामी काठमाडौं । पछिल्लो समय नेपाली समाजमा तीज गीतहरूको

मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘अशक्तहरुले तीजमा ब्रत बस्नैपर्छ भन्ने शास्त्रमा उल्लेख छैन’

अहिलेको समाजमा न त शास्त्रको मर्यादा छ, न कुलको परम्परा