२०८३, २१ आश्विन बिहीबार

बागमती प्रदेशमा तीन मन्त्री नियुक्त, गोविन्द लम्साललाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

बागमती प्रदेशमा तीन मन्त्री नियुक्त, गोविन्द लम्साललाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी


काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आन्तरिक राजनीतिक संकटको बीचमा तीन नयाँ मन्त्री नियुक्त गरेका छन् ।

उनले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्रिपरिषद्मा ल्याएका हुन् । यसमध्ये लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने माया श्रेष्ठ र गीता गुरुङको जिम्मेवारी तोकिएको छैन । पछिल्ला दिनहरूमा कांग्रेस संसदीय दलभित्रको असन्तुष्टि र नेतृत्व परिवर्तनको प्रक्रिया सँगै बागमतीमा पाँच मन्त्रालय मन्त्रीविहीन थिए । कांग्रेसका चारजना मन्त्रीहरूले ९ साउनमा राजीनामा दिएका थिए भने अर्को एक जना मन्त्रीले १३ साउनमा पद त्याग गरेका थिए । तिनीहरू सबैले मुख्यमन्त्री लामाविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

मन्त्रालयहरू अझै पनि खाली
हाल लम्सालले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाए पनि युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन, खानेपानी, ऊर्जा तथा सिंचाइ र सहकारी तथा गरिबी निवारण मन्त्रालय भने अझै नेतृत्वविहीन छन्। यसले सरकार सञ्चालनमा चुनौती थपिएको देखिन्छ।

संकटको घडीमा नियुक्ति
मुख्यमन्त्री लामाले नेतृत्व गुमाइरहेको अवस्थामा गरिएका यी नियुक्तिहरूले नयाँ राजनीतिक सन्देश दिएका छन्। कांग्रेसले लामालाई संसदीय दलको नेताबाट हटाइसकेको छ, र आजै नयाँ नेताको चयनका लागि मतदान हुँदैछ। यस्तो संवेदनशील अवस्थामा गरिएको मन्त्रिपरिषद् पुनर्गठनप्रति राजनीतिक वृत्तमा विभिन्न टिप्पणीहरू भइरहेका छन्। मुख्यमन्त्री लामाको तर्फबाट शक्ति जोगाउने प्रयासस्वरूप यो कदम चालिएको विश्लेषण गरिएको छ। तर दलभित्रको स्पष्ट बहुमत गुमाइसकेका लामाका लागि यसले कति समय टिकाउ दिन्छ भन्ने विषय खुल्ला छ।

प्रकाशित मिति : २०८२, १४ श्रावण बुधबार  ९ : ३३ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक