२०८३, १ आश्विन शुक्रबार

देउवा ओलीसँगै मिल्ने मुडमा, पौडेलको झुकाव दाहाल–नेपालतिर

देउवा ओलीसँगै मिल्ने मुडमा, पौडेलको झुकाव दाहाल–नेपालतिर


काठमाडौं, ८ पुस :  संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमलाई कसरी लिने भन्नेमा प्रमुख प्रतिपक्ष काँग्रेसभित्र दुई थरी विचार प्रकट भएका छन् ।

प्रधानमन्त्री ओलीको कदमविरुद्ध छलफल गर्न पार्टी केन्द्रीय कार्यसमितिको मंगलबार सुरु बैठकमा संसद् पुनस्र्थापनातिर कि निर्वाचिततिर केन्द्रीत हुने भन्नेमा मत बाझिएको हो ।

काँग्रेस सभापति शेरबहादुर देउवा र उनीपक्षीय सदस्यहरु प्रधानमन्त्री ओलीको कदमलाई आक्रामक ढंगले प्रतिवाद गर्ने मुडमा देखिएका छैनन् । बरु यसलाई अवसरको रुपमा लिएर निर्वाचन तयारीमा जानुपर्ने पक्षमा छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र उनीपक्षीय नेताहरु भने ओलीको कदम संविधानमाथिको हमला भएकाले लोकतान्त्रिक पार्टीले क्षणिक लाभहानी हेर्न नहुने पक्षमा छन् । पौडेल र उनीपक्षीय नेताहरु भने ओलीको कदम संविधानमाथिको हमला भएकाले लोकतान्त्रिक पार्टीले क्षणिक लाभहानि हेर्न नहुने पक्षमा छन् ।

पौडेल र उनीपक्षीय अधिकांश केन्द्रीय सदस्यहरु ओलीको असंवैधानिक कदमलाई उल्टाउन पार्टी सडक संघर्षमा जानुपर्ने पक्षमा देखिन्छन् । सँगै अदालतको ढोका ढकढकाउने बाटो पनि काँग्रेसले लिनुपर्ने पक्षमा पौडेल देखिएका छन् ।

सार्वजनिक खपतका निम्ति विज्ञप्ति निकाल्ने बाहेक सभापति देउवा प्रधानमन्त्री ओलीको कदमप्रति आक्रामक छैनन् । आफै अघि सरेर प्रतिवादमा पनि उत्रिएका छैनन् । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति : २०७७, ८ पुस बुधबार  ८ : १२ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी