२०८२, ३ असार मंगलबार

वायु सेवा निगमको १० वर्षे योजना : वार्षिक साढे ५ अर्ब नाफा आठ गन्तव्य

वायु सेवा निगमको १० वर्षे योजना : वार्षिक साढे ५ अर्ब नाफा आठ गन्तव्य

२०३० मा पाँच अर्ब ३० करोड मुनाफा हुने प्रक्षेपण


काठमाडौं, २९ मंसिर  :  नेपाल वायु सेवा निगमले १० वर्षे एकीकृत व्यावसायिक योजना प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बुझाएको छ । व्यावसायिक योजनामा अझै तीन वर्षसम्म निगम घाटामै रहने तर सन् २०२४ देखि भने नाफामा जाने उल्लेख गरिएको छ ।

निगमका महाप्रबन्धक प्रकाश पौडेलले मन्त्री भट्टराईलाई बुझाएको योजनामा निगम शुरुका तीन वर्ष नोक्सानमै रहे पनि सन् २०२४ बाट नाफामा जाने र २०३० मा पाँच अर्ब ३० करोड मुनाफा हुने प्रक्षेपण गरिएको छ । त्यस कार्ययोजनाअनुसार अघि बढ्दा सन् २०२१ मा वार्षिक २३ अर्ब ७६ करोड खर्च हुने र प्रत्येक वर्ष नौ प्रतिशतले खर्च वृद्धि हुने प्रक्षेपण गरिएको छ ।

निगमले २०२४ बाट नाफामा जानका लागि अन्तर्राष्ट्रिय उडानतर्फ सिड्नी, कोलम्बो, शङ्घाई, इण्डोनेसिया, रियादलगायत आठ नयाँ गन्तव्य थप्नुपर्ने भन्दै ती नयाँ गन्तव्यमा सेवा दिन न्यारोबडी चार वटा र बाइडबडी दुई वटा गरि ६ जहाज आवश्यक पर्ने जनाएको छ ।

त्यस्तै आन्तरिक उडानतर्फको सुधारका लागि पनि काठमाण्डौ, नेपालगञ्ज, पोखरा र विराटनगरलाई पहाडी क्षेत्र उडानको मुख्य आधार बनाएर उडान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा मन्त्री भट्टराईले सुशासन र चुहावट नियन्त्रणलाई कडाइका साथ पालना गराउन निगमको नेतृत्वलाई निर्देशन दिएका छन् । उनले १० वर्षे एकीकृत व्यावसायिक योजनाले निगम कुन बाटोमा हिंड्ने भन्ने राजमार्ग तयार भएको उल्लेख गर्दै उनले राजमार्गबाट दायाँ–बाँया नगरी अहिले घाटामा रहेको निगमलाई व्यावसायिक रुपमा सफल बनाउनुपर्ने बताएका छन् ।

नेपाल सरकारको १५ औं पञ्च वर्षीय योजना, सरकारको नीति तथा कार्यक्रम, हवाई नीति २०६३, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिवेदन, सुधार सुझाव समितिको सिफारिस र विगतमा तयार भएका व्यावसायिक योजनाको पुनरावलोकनलाई आधार बनाएर यो योजना तयार पारिएको महाप्रबन्धक पौडेलले बताए ।

प्रकाशित मिति : २०७७, २९ मंसिर सोमबार  ८ : ०२ बजे

सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र

कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ का

आज प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इजरायल  । इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ। आइतबार

देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ। भारतिय सञ्चार