२०८२, २१ असार शनिबार

काभ्रेमा संक्रमित ४३ जना कोरोना निको भएर घर फर्किए, थप २४ जनामा संक्रमण पुष्टि

काभ्रेमा संक्रमित ४३ जना कोरोना निको भएर घर फर्किए, थप २४ जनामा संक्रमण पुष्टि


धुलिखेल १८ मंसिर : काभ्रेमा कोरोना संक्रमित ४३ जना निको भएर घर फर्किएका छन्  ।  यो संगै संक्रमित मध्ये हाल सम्म २ हजार ६ सय ७६ जना निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । काभ्रेमा २४ घण्टामा थप २४ जना कोरोना संक्रमित पुष्टी भएको छ।

बिहिबार थपिएका संक्रमितहरु बनेपाबाट ४ पुरुष र ४ महिला, धुलिखेलबाट २ महिला ५ पुरुष, पनौतीबाट २ महिला र १ पुरुष, पाँचखालबाट १ पुरुष, भुम्लु बाट ३ पुरुष, नमोबुद्धबाट १ पुरुष, तेमाल गाँउपालिकाबाट १ पुरुष हरेका छन् । हालसम्म जिल्लामा संक्रमितको संख्या २ हजार ९ सय ८० पुगेको छ भने २ सय ६७ जना सक्रिय संक्रमित छन् ।

उनीहरु मध्ये ८ जना अस्पताल आइसोलेसनमा र २ सय ५९ जना होम आइसोलेसनमा रहेको कार्यालयका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । भाईरसको संक्रमण बाट जिल्लाका १० महिला र २७ पुरुष गरि ३७ जनाको गुमाईसकेका छन्  ।

प्रकाशित मिति : २०७७, १८ मंसिर बिहीबार  ११ : ०७ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न