२०८३, ९ कार्तिक सोमबार

काभ्रेमा ७ जना कोरोनालाई घर फर्किए, थप ५ जनामा संक्रमण पुष्टी

काभ्रेमा ७ जना कोरोनालाई घर फर्किए, थप ५ जनामा संक्रमण पुष्टी

२ सय ८६ जना सक्रिय संक्रमित


काठमाडौं, १७ मंसिर  :  काभ्रेमा कोरोना संक्रमित ७ जना निको भएर घर फर्किएका छन् । थप २४ घण्टामा ५ जनामा संक्रमण पुष्टी भएको छ । योसँगै जिल्लाका संक्रमित मध्ये २ हजार ६ सय ३३ जनाले कोरोनालाई जितेका छन् ।

कोरोना जित्नेहरुमा १ हजार ६ जना पुरुष र १ हजार ३३ जना महिला रहेको स्वास्थ्य कार्यालय काभ्रेका डाक्टर नरेन्द्रकुमार झाले बताउनु भयो । डाक्टर झाका अनुसार आज कोरोना पुष्टी पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाका १ जना महिला र २ जना पुरुष र धुलिखेलका १ जना महिला र १ जना पुरुष रहेका छन् ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ५६ पुगेको छ । भाइरसका संक्रमित मध्ये काभ्रेमा हाल २ सय ८६ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये पुरुष १ सय ६२ र महिला १ सय २४ जना छन् । यस्तै अस्पताल आइसोलेसनमा हाल ११ जना छन् भने होम आइसोलेसनमा २ सय ७५ जना रहेका स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर झाले बताउनुभयो ।

कोरोना भाइरसका कारण हाल सम्म जिल्लाका ३७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७, १७ मंसिर बुधबार  ८ : ५९ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि