काठमाडौं, १७ मंसिर : काभ्रेमा कोरोना संक्रमित ७ जना निको भएर घर फर्किएका छन् । थप २४ घण्टामा ५ जनामा संक्रमण पुष्टी भएको छ । योसँगै जिल्लाका संक्रमित मध्ये २ हजार ६ सय ३३ जनाले कोरोनालाई जितेका छन् ।
कोरोना जित्नेहरुमा १ हजार ६ जना पुरुष र १ हजार ३३ जना महिला रहेको स्वास्थ्य कार्यालय काभ्रेका डाक्टर नरेन्द्रकुमार झाले बताउनु भयो । डाक्टर झाका अनुसार आज कोरोना पुष्टी पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाका १ जना महिला र २ जना पुरुष र धुलिखेलका १ जना महिला र १ जना पुरुष रहेका छन् ।
योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ५६ पुगेको छ । भाइरसका संक्रमित मध्ये काभ्रेमा हाल २ सय ८६ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये पुरुष १ सय ६२ र महिला १ सय २४ जना छन् । यस्तै अस्पताल आइसोलेसनमा हाल ११ जना छन् भने होम आइसोलेसनमा २ सय ७५ जना रहेका स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर झाले बताउनुभयो ।
कोरोना भाइरसका कारण हाल सम्म जिल्लाका ३७ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया