२०८२, ४ कार्तिक सोमबार

कोरोना भाईरसका कारण बूढानीलकण्ठमा एकादशी मेला नलाग्ने

कोरोना भाईरसका कारण बूढानीलकण्ठमा एकादशी मेला नलाग्ने


काठमाडौँ ८ मंसिर :  हरेक वर्ष बूढानीलकण्ठ मन्दिरमा हरिबोधनी एकादशीको दिन लाग्दै आएको एकादशी मेला यस वर्ष नलाग्ने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड –१९ को जोखिमका कारण यस वर्ष हरिबोधनी एकादशी दिन लाग्ने मेला पूर्ण बन्द गरिएको हो ।
बूढानीलकण्ठमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष मेला लाग्थ्यो । आषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा नारायणस्थानमा दर्शन गर्न आउने भए पनि कार्तिक शुक्ल पक्षका पाँच दिन धेरै भीड लाग्ने गरेको थियो ।

यस वर्ष कोरोना भाइरसका कारण एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेलामा पूर्ण रोक लगाइएको छ । आजदेखि यही मङ्सिर १५ गतेसम्म मन्दिर परिसर क्षेत्र बन्दसमेत गरिएको मन्दिरका स्वामी निगमानन्दले जानकारी दिनुभयो । सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी आगामी सोमबारसम्म नित्य पूजा मात्र गरी भक्तजनलाई दर्शन गर्न रोक लगाइएको बताइएको छ ।
आषाढ शुक्ल पूर्णिमाका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीका दिन जागा हुने र चतुर्मासमा व्रत गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : २०७७, ८ मंसिर सोमबार  ७ : १० बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,