२०८३, २७ भाद्र आईतबार

बजारमा चिनीको भाउ १ सय रुपैयाँसम्म बढेको उपभोक्ताको गुनासो

बजारमा चिनीको भाउ १ सय रुपैयाँसम्म बढेको उपभोक्ताको गुनासो


काठमाडौंं ७ मंसिर केही दिन अघिसम्म किलोको ८० देखि ८५ रुपैयाँमा चिनी खरिद गर्ने गरेका उपभोक्ताले अहिले किलोको १ सय रुपैयाँसम्म तिर्नुपरेको गुनासो गरेका छन् । बजारमा चिनीको अभाव नहुँदा पनि व्यापारीले आफूखुसी चिनीको भाउ बढाउँदा उपभोक्ता समस्यामा परेका छन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले तत्काल बजार अनुगमन गर्ने बताउनुभएको छ । अहिले चिनीको मूल्य बढ्नु अस्वभाविक भएको उहाँको भनाइ छ । तराईमा उखु भित्र्याउने सिजन सुरु भइसकेकाले उत्पादन बढ्नासाथ चिनीको मूल्य घट्नुपर्ने उहाँले बताउनुभयो ।

चिनीको भाउ बढ्नुपर्ने कुनै कारण नहुँदा पनि व्यापारीले भाउ बढाएको भए तत्काल बजार अनुगमन गरेर कारबाही गर्ने सुवेदीले बताउनुभयो । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपभोक्ताको गुनासो सुन्न सार्वजनिक गरेको एप लकडाउनको समयमा बिग्रिएकाले पनि उपभोक्ताबाट धेरै गुनासो संकलन गर्न नपाएको उहाँको भनाइ छ ।

अहिले भने यो एप सञ्चालनमा आइसकेको छ । उपभोक्ताले आफ्नो मोबाइलबाटै गुनासो गर्ने गरी एपको प्रयोग गर्न सक्ने विभागले जनाएको छ । तर त्यसको लागि मोबाइलमा एप डाउनलोड गर्ने अथवा एसएमएस पनि गर्न सकिनेछ ।

गुनासोको आधारमा वास्तविकता बुझेर विभागले कारबाही गर्ने प्रकृया अगाडि बढाउने उहाँले बताउनुभयो । पछिल्लो समय विभागमा ११ सयभन्दा धेरै उपभोक्ताले ठगिएको उजुरी गरेका छन् ।

प्रकाशित मिति : २०७७, ७ मंसिर आईतबार  १० : ४० बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।