२०८२, १३ फाल्गुन बुधबार

काभ्रेमा मामाघरबाट फर्किदै गरेकी बालिकामाथि बलात्कार प्रयास, आफन्तद्वारा न्यायको माग (भिडियो सहित)

काभ्रेमा मामाघरबाट फर्किदै गरेकी बालिकामाथि बलात्कार प्रयास, आफन्तद्वारा न्यायको माग (भिडियो सहित)


धुलिखेल, ६ कात्तिकः काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ६ की १४ बर्षीय बालिका माथि बलात्कार प्रयास भएको आफन्तले बताएका छन् । बिहीबार मामाघरबाट आफ्नो घर तर्फ जाँदै गर्दा बीचबाटोमा ती बालिकामाथि बलात्कार प्रयास भएको हो । पालिकाको वडा नम्बर ७ फलाटेको रातमोटे जगंलमा बालिकामाथि बलात्कार प्रयास भएको आफन्तले बताएका छन् ।

बालिका मामाघरबाट केहि बेर हिडेपछि एक अपरिचित युवापछि लागेको बताइएको छ । बालिकालाई विवाह गर्न दबाब दिएको र कलिलै उमेरमा विवाह नगर्ने बताएपछि बलात्कारको प्रयास भएको आफन्तले जनाएका छन् । युवाले बालिकामाथि पछाडिबाट छुरा समेत प्रहार गरेका छन् । छुरा प्रहारबाट बालिका घाइते भएकी छिन् ।

भिडियो हेरौँ

बलात्कार गर्ने मनसायले ती युवाले बालिकालाई लखेट्दै छुरा हानेको प्रहरीले बताएको छ । बालिकालाई रगताम्य अवस्थामा टिपर चालकले देखेका थिए । उनै चालकले आफन्तलाई फोन गरेर बालिकाको अवस्था जानकारी गराएका हुन् । घटना स्थल पुगेका आफन्तले बालिकालाई अर्धचेत अवस्थामा उद्दार गरेका थिए ।

घाइते बालिकाको धुलिखेल अस्पतालमा उपचार गरिएको छ । बलात्कार प्रयास गर्ने युवालाई प्रहरीले शुक्रबार नै पक्राउ गरेको छ । वडा नम्बर ७ का अन्दाजी २७÷२८ बर्षीय प्रदीप भुजेल पक्राउ परेका हुन् । बालिकाका बुबा र आमाले शनिबार जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बलात्कार गर्ने युवा विरुद्ध किटानी जाहेरी दिएका छन् । उनीहरुले गाउँमा असुरक्षा बढेको दोषीलाई हदैँसम्मको कारबाही र सुरक्षाको माग गरेका छन् ।

प्रकाशित मिति : २०७७, ६ मंसिर शनिबार  २ : ४३ बजे

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपदको सारथी

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली