२०८३, १४ बैशाख मंगलबार

बलात्कारी उम्काउन खोजेको भन्दै ८० किमि टाढादेखि आन्दोलन गर्न आए गाउँले

बलात्कारी उम्काउन खोजेको भन्दै ८० किमि टाढादेखि आन्दोलन गर्न आए गाउँले


जुम्ला : हिमा गाउँपालिका–३ मोफ्ला गाउँकी १६ वर्षीया बालिका बबिता रोकायाको हत्याबारे कमजोर मुद्दा बनाएर आरोपितलाई प्रहरीले धरौटीमा छोड्न थालेको भन्दै पीडित पक्षले प्रदर्शन गरेको छ ।

उनीहरु न्याय माग्न बसबाट ८० किलीमिटर यत्रा गरी जुम्ला सदरमुकाम पुगेका छन् । सिंजाबाट जुम्ला पुगेका पीडितले शुक्रबार दोषीलाई कारबाहीको मागसहित आन्दोलन गरेका छन् । प्रदर्शनको क्रममा प्रहरीले लाठी चार्ज समेत गरेको छ ।

जुलुसलाई तितरवितर पार्न प्रहरीले लाठिचार्ज र अश्रुग्यास प्रहार गर्दा दुई पक्ष बीच झडप समेत भएको थियो । यस क्रममा ६ जना घाइते भएका छन्। पीडित पक्षबाट खाम्बा रोकाया, हरिभक्त कठायत र सुवि कठायत गम्भीर घाइते भएका छन्। त्यसैगरी सशस्त्र प्रहरीका उदय खत्री र राजबहादुर रावत घाइते भएका छन् भने नेपाल प्रहरीका निदेश रोकाया घाइते भएका छन्। घाइते सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला उपचार भइरहेको छ।

बालिका हत्या आरोपमा हिमा गाउँपालिका (३ मोफ्ला गाउँका १९ वर्षीय करबहादुर भण्डारी र ३७ वर्षीय रामचन्द्र डाँगीलाई प्रहरीले पक्राउ गरेको थियो। आरोपित डाँगीलाई ५ कार्तिकमा र भण्डारीलाई ८ कार्तिकमा प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाएको छ।

पीडित पक्षका विष्णु भण्डारीका अनुसार घटनाको मुख्य योजनाकारलाई नै प्रहरीले मुद्दा कमजोर बनाएर उनलाई धरौटीमा रिहा गरेपछि पीडित पक्ष आन्दोलित हुनु परेको हो ।

‘मृतक बालिकाको आमा बाबु कोही पनि छैनन्। उनलाई साइलाबाबु कर्ण रोकायाले संरक्षण गर्दै आएका थिए,’ उनले भने, ‘उनै बालिकामाथि जघन्य अपराध गर्नेलाई सहजै उम्काउन थालेपछि हामी न्याय माग्न आएका थियौँ । तर प्रहरीले हामीमाथि लाठीको वर्षा गरायो ।’

डिएसपी माधव प्रसाद काफ्लेका अनुसार २०७७ असोज १९ गतेको राति घरबाट बेपत्ता भएकी किशोरी कात्तिक १ गते हिमा-१ पागरपालीस्थित हिमा नदीको छेउमा मृत फेला परेकी थिइन्।

‘नदीको ताल परेको ठाउँमा किशोरीको शव फेला परेको थियो । खुट्टामाथि फर्केको र टाउको पानीमा थिग्रिएको अवस्थामा शव भेटिएको हो । पानीमाथि शव तैरनुपर्ने हो, तर घाँटीमा डोरी बाँधिएकोले टाउको पानीमा थिग्रिएर बसेको रहेछ। घटनाको सबै प्रकृति हेर्दा हत्या भएको देखिन्,’ डिएसपी काफ्लेले भने ।

किशोरी बेपत्ता भएको हप्ता दिनपछि मोफ्ला गाउँदेखि माथि डाँडामा कपडा पनि भेटिएकोले बरामद गरी प्रहरीले मुचुल्कासमेत गरेको छ। उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कात्तिक १ गते पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टम रिपोर्ट अनुसार किशोरीको पेटमा तीन महिनाको बच्चा समेत देखिएको छ।

‘डिएनए र भिसिआर परीक्षणका लागि प्रहरी विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ,’ डिएसपी काफ्लेले थपे, ‘प्रहरी आफ्नो बुद्धि विकेक र भरपुर क्षमताले घटना अनुसन्धान गरी मुद्दा अगाडी बढाएको छ। यसमा पीडित पक्षलाई कुनै शंका नगर्न आग्रह गर्छौँ ।’ साभारः अन्नपूर्ण पोष्ट

प्रकाशित मिति : २०७७, २ मंसिर मंगलबार  ८ : ४८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले