२०८३, १४ बैशाख मंगलबार

काभ्रेको चौँरीदेउराली गोठपानीमा कृषि सडक उद्घाटन

काभ्रेको चौँरीदेउराली गोठपानीमा कृषि सडक उद्घाटन


ढाँडखर्क २८ कात्तिकः काभ्रे जिल्लाको चौँरीदेउराली गाउँपालिका वडा नं. ९ मा कृषि सडक उद्घाट गरिएको छ । गाउँपालिका अध्यक्ष दिननाथ गौतमले आज एक कार्यक्रमका बीच रातोचौंर–च्यानडाँडा–केउरेनी कृषि सडकको उद्घाटन गर्नुभएको हो ।

यो सडकले वडा देखि गाउँपालिका केन्द्र पुग्न सहज भएको छ भने मध्यपहाडी लोकमार्ग समेत जोडेको छ । करिब ८ लाख बजेटमा निर्माण सम्पन्न भएकोसडकको अध्यक्ष गौतमले उद्घाटन गर्नुभएको भएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गौतमले निर्वाचनमा आफूहरुले स्थानीय जनतासँग गरेको प्रतिबद्धता आफूहरुले पूरा गरेको बताउनुभयो । ‘हामीले निर्वाचनको क्रममा मुख्यतः यहाँको खानेपानी समस्या, बत्तिको समस्या र सडकको समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गरेका थियौं ।’ गौतमले भन्नुभयो, ‘खानेपानी, बत्ति र सडकको समस्या हामीले पूरा गरेका छौं । आउने दिनहरुमा पनि तपाईंहरुको साथमा सधैं रहने छौं ।’

त्यसैगरि उपाध्यक्ष ताराकुमारी चौंलागाईंले आफूहरु यस भेगमा आउँदा देखेका समस्याहरु एक–एक गरि पूरा गर्दै आएको बताउनुभयो । ‘हामी यहाँ आउँदा खानेपानीमा समस्या देखेका थियौं । बत्तिको पनि समस्या देखेका थियौं ।’ चौंलागाईंले भन्नुभयो, ‘आज तपाईंहरुकै माग र आवश्यकता अनुसार यो काम सम्पन्न भएको छ ।’

कार्यक्रममा वडा अध्यक्ष रामबहादुर लामाले आफ्नो वडा चौंरीदेउरालीको ‘कर्णाली’ को रुपमा सबै बुझेपनि हाल विकासले फड्को मारेको बताउनुभयो । ‘यो वडा ‘कर्णाली’को रुपमा रहेकोमा अब विकास उन्मुख दिशामा लान हामी सफल भएका छौं ।’ वडा अध्यक्ष लामाले भन्नुभयो, ‘राणा शासनदेखि हालसम्म पनि यस भेगमा कुनै विकास निर्माण नभएको गुनासो जनताको रहेकोमा हाल त्यो गुनासो सुनेको छैन ।’

 

प्रकाशित मिति : २०७७, २८ कार्तिक शुक्रबार  ८ : ४७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले