२०८३, ७ कार्तिक शनिबार

काभ्रेको रोशी गाउँपालिकामा बन्चरो र ढुङगा प्रहार गरी यूवकको हत्या

काभ्रेको रोशी गाउँपालिकामा बन्चरो र ढुङगा प्रहार गरी यूवकको हत्या


रोशी २२ कार्तिक  :  बन्चरो र ढुङगा प्रहार गरी रोशी  गाउँपालिका– ११ भैंसेडाँडामा २६ वर्षिय सुब्बा विसुन्खेको हत्या गरेका छन् । विसुन्खे को २०७७ कार्तिक २२ गते विहान घरैमा छिमेकी अन्दाजी २५ वार्षिय सन्तोष नेपालीले घरेलु हतियार बन्चरो र ढुङगा प्रहार गरी हत्या गरेको  रोशी गाउँपालिका वडा नं ११ का  वडा अध्यक्ष मिलल लामाले बताउनु भयो । जग्गाको निहुँमा झगडा गर्ने क्रममा सुब्बा विसुन्खेको बन्चरो र ढुंगाले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको अध्यक्ष लामाले बताउनु भयो ।

गम्भीर घाईते  सन्तोष नेपालीको ५५ वर्षिय बुबा खड्गबहादुर नेपालीलाई भने उपचारका लागि हेलिकप्टर मार्फत ह्याम्स अस्पताल काठमाडौमा पठाई सकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस पी कुमार विक्रम थापाले बताउनु भयो । प्रहरीका अनुसार हत्या आरोपी सन्तोष नेपालीलाई ईलाका प्रहरी कार्यालय मंगलटारले नियन्त्रणमा लिएको छ । घटनाको  थप अनुसंन्धानका लागि प्रहरी टोली घटनास्थलतर्फ गईरहेका ईलका प्रहरी कार्यालय मंगलटारका ईन्स्पेक्टर शेखर खडकाले बताउनु भयो ।

प्रकाशित मिति : २०७७, २२ कार्तिक शनिबार  ११ : ३८ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने