धुलिखेल, १५ कात्तिकः काभ्रेको पाँचखाल नगरपालिका स्थित खरेलथोक-कोशीदेखा सडकको पिचमा ठेकेदारले गम्भीर लापर्बाहि गरेको पाइएको छ । खरेलथोक देखि कोशीदेखासम्म पुग्ने यो सडक अहिले धमाधम पिच भइरहेको छ । तर ठेक्केदारले गुणस्तरहिन सामान प्रयोग गरेको भन्दै पाँचखाल नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष सुकबिर तामाङले शनिबारदेखि काम रोकिदिएका छन् ।
सडक विभागको १३ करोड रुपैयाँमा यो सडक पिच भइरहेको छ । साढे चार किलो मिटर सडक पिच हुनेछ । यो सडकमा दशैँ अघि देखि पिचको काम भएको हो । दशैँ अघि १ किलो मिटर सडक पिच भइसकेको वडाध्यक्ष तामाङले जानकरी दिनुभयो । ठेकेदारले दशैँ सकिए लगत्तै कामदार साइटमा पठाएका छन् । यो सडकको ठेक्का रोशी क्षेत्रका विजय तामाङले पाएका हुन् ।
पिचमा कतिसम्म लापर्वाहि वडाध्यक्ष तामाङकै शब्दमा
दशैँ अघि करिब १ किलो मात्रै सडक पिच भएको थियो । दशैँको बिचमा काम रोकियो । ठेकेदारले (आज) शनिबारबाट काम सुरु गरेका रहेछन् । संयोगले म शनिबार पलाञ्चोक पुगेको थिए । फर्किने बेलामा सडकमा पिच रोडरले पिल्दै गरेको देखेँ ।
म जनप्रतिनिधि भएकाले हिसाबले पनि चासो दिए । आफ्नो गाउँठाउँमा यति ठूलो बजेट मार्फत सडक पिच हुदँैछ । एकैछिन रोकिए । हेरे । पिच त निकै कमसल लाग्यो । जमिनमा बस्नु पर्ने पिच त रोडरसँगै उप्किन पो थाल्यो । तर कामदारहरुले त्यो कुरा स्वीकार गर्न मानिरहेका थिएनन् । कामदारहरुलाई मैले सोधे उनीहरुले दुई घण्टा जति गाडीमा लोड गरेर पिचको सामान सडकमा बिछ्याएको बताए । उसै त चिसोमा पिच समाउन मुस्किल पर्छ । त्यसमाथि दुई घण्टा जति गाडीमा लोड गरेर पिच गर्दा त समस्या नै हुने भयो ।

केहि समय काम रोक्नुस् भनेर म खाना खान गए । तर खाना खाएर आउँदा त फेरी काम सुरु गरेछन् । सम्झाएर जाँदा पनि काममा खासै सुधार भएको देखिन् । मैले झण्डै साढे तीन मिटर जति पिच उतारेँ । गाउँघरमा अन्न सुकाएपछि मान्द्रो बेरे जस्तै पिच त गाउँघरमा अन्न सुकाइसकेपछि मान्द्रो बेरे जस्तै उप्कियो ।
मैले पिच पनि नापेँ । २० एमएम हुनुपर्ने पिच त मुस्किलले ८ देखि १० एमएम मात्रै पाइयो । कामदारहरुले उप्किएको पिचमा फेरी पिच गर्न खोजेका थिए । तर मैले पिच गर्न दिएको छैन । काम अघि नबढाउन भनेको छु । के कारणले यस्तो भएको त्यो जवाफ जनतालाईलाई सम्बन्धित निकायले दिदैँ पर्छ । त्यसपछि साढे तीनबजे तिर धुलिखेलस्थित पूर्वाधार विकास कार्यालयका प्राविधिकलाई फोन गरेँ । पूर्वाधार विकास कार्यालयका प्राविधिक भोली साइटमा पुग्छु भन्नु भएको छ ।
पिचमा चित्तै नबुझ्ने गरी लापर्बाहि भएको छ । गाउँमा सडक कालोपत्रे हुने भयो भने ढुक्क भइयो । तर सडकको काम देख्दा केहि समयमै फेरी धुलाम्मे हुने निश्चित छ । यो सडक मंसिर १ गतेभित्र पिच भइसक्ने बताइएको छ ।








प्रतिक्रिया