२०८३, ९ कार्तिक सोमबार

काभ्रेका मठमन्दिरमा सर्वसाधरणलाई प्रवेश निषेध

काभ्रेका मठमन्दिरमा सर्वसाधरणलाई प्रवेश निषेध


धुलिखेल, ३० असोजः दसैँमा काभ्रेका सबै मठमन्दिर बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रे आज एक सूचना जारी गर्दै जिल्लाभित्रका सबै शक्तिपिठ र मन्दिरहरुमा हुने भिडले कोरोना भाइरसको संक्रमण फैलिने भन्दै मठमन्दिरमा सर्वसाधरणको प्रवेशलाई निषेध गरेको हो ।

दुर्गा भवनीको पण्डालमा सर्वसाधरणको भिड अत्याधिक हुन गई कोरोरा संक्रमणको जोखिम अझै बढ्ने सम्झना भइरहेका यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोख्ररेलले बताउनुभयो । प्रशासनले जिल्लाभित्रका सबै शक्तिपीठ र मन्दिरहरुमा नित्य पुजा मात्रै गर्न भनेको छ । घटस्थापनादेखि नवरात्रभर जिल्लाका शक्तिपीठमा सर्वसाधारणले प्रवेश गर्न पाउने छैनन् ।

प्रशासनले यो पटक मठमन्दिरमा दर्शनका लागि नगइदिन र शक्तिपीठहरुमा सर्वसाधारणलाई प्रवेश गर्न नदिने स्पष्टसँग मन्दिर ब्यवस्थापन समितिलाई भनेको छ । सूचनाको अटेर गर्ने जो कोहिलाई पनि संक्रामक रोग ऐन, २०२० बमोजिक कारबाही हुने प्रमुख जिल्ला अधिकारी पोख्ररेलले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ३० आश्विन शुक्रबार  ४ : ३७ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि