२०८३, १४ बैशाख मंगलबार

काभ्रेका मठमन्दिरमा सर्वसाधरणलाई प्रवेश निषेध

काभ्रेका मठमन्दिरमा सर्वसाधरणलाई प्रवेश निषेध


धुलिखेल, ३० असोजः दसैँमा काभ्रेका सबै मठमन्दिर बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रे आज एक सूचना जारी गर्दै जिल्लाभित्रका सबै शक्तिपिठ र मन्दिरहरुमा हुने भिडले कोरोना भाइरसको संक्रमण फैलिने भन्दै मठमन्दिरमा सर्वसाधरणको प्रवेशलाई निषेध गरेको हो ।

दुर्गा भवनीको पण्डालमा सर्वसाधरणको भिड अत्याधिक हुन गई कोरोरा संक्रमणको जोखिम अझै बढ्ने सम्झना भइरहेका यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोख्ररेलले बताउनुभयो । प्रशासनले जिल्लाभित्रका सबै शक्तिपीठ र मन्दिरहरुमा नित्य पुजा मात्रै गर्न भनेको छ । घटस्थापनादेखि नवरात्रभर जिल्लाका शक्तिपीठमा सर्वसाधारणले प्रवेश गर्न पाउने छैनन् ।

प्रशासनले यो पटक मठमन्दिरमा दर्शनका लागि नगइदिन र शक्तिपीठहरुमा सर्वसाधारणलाई प्रवेश गर्न नदिने स्पष्टसँग मन्दिर ब्यवस्थापन समितिलाई भनेको छ । सूचनाको अटेर गर्ने जो कोहिलाई पनि संक्रामक रोग ऐन, २०२० बमोजिक कारबाही हुने प्रमुख जिल्ला अधिकारी पोख्ररेलले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ३० आश्विन शुक्रबार  ४ : ३७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले