धुलिखेल, २८ असोजः काभ्रेमा आज थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बेथान गाउँपालिकाकी ७५ बृर्षीय बृद्धाको निधन भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । शीर मेमोरियल अस्पतालमा उपचार गराइरहनुभएकी बृद्धाको निधन भएको हो ।
योसँगै काभ्रेमा मृत्यु हुनेको सख्या १० पुगेको छ ।
काभ्रेमा आज एकैदिन ४० जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा सबैभन्दा बढी धुलिखेल नगरपालिकाका १३ जना पुरुष र ८ जना महिला छन् । त्यस्तै बनेपा नगरपालिकाका ७ जना पुरुष र ४ महिला र पनौती नगरपालिकाका ४ पुरुष र ४ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
यो संख्या काभ्रेमा कोरोना भाइरस संक्रमितको संख्या ११३६ पुगेको छ । संक्रिय संक्रमितको संख्या ४९७ रहेको छ । जिल्लामा आज ८ जना कोरोना संक्रमित निको भएर घर गएका छन् । जिल्लामा कोरोना भाइरसबाट निको हुनेको संख्या ६२९ रहेको छ ।








प्रतिक्रिया