धुलिखेल, २५ असोजः धुलिखेल अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट थप एक पुरुषको निधन भएको छ । धुलिखेल नगरपालिका वडा नम्बर ११ बस्दै आएका ५२ बर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट निधन भएको वडाध्यक्ष विष्णु धितालले बताउनुभयो ।
मृतकको परिवार झण्डै १०÷११ वर्षदेखि पात्लेखेतमा बस्दै आएको थियो । जन्डिस देखिएपछि १२ दिन अघि धुलिखेल अस्पालमा भर्ना गरिएका ती पुरुषको आज विहान करिब २ बजेतिर निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
यो सँगै काभ्रेमा कोरोना भाइरसको संक्रमणबाट निधन हुनेको संख्या ९ पुगेको छ ।








प्रतिक्रिया