धुलिखेल, २३ असोजः स्वास्थ्य कार्यालय काभ्रेको अनिश्चिकालका लागि बन्द गरिएको छ । कार्यालयको कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा बन्द गर्नु परेको बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।
कोरोना संक्रमित कर्मचारीसँगको प्रत्यक्ष सम्पर्कमा रहेका कर्मचारीहरु समेत क्वारेन्टाइनमा बस्नु पर्ने भएकाले जनशक्ति अभाव भएकाले सेवा बन्द गरिएको डाक्टर झाले बताउनुभयो । डाक्टर झाले आज एक सूचना जारी गर्दै आजदेखि अर्को सूचना जारी नहुदाँसम्म कार्यालयको आन्तरिक काम मात्रै सञ्चालन हुने बताउनुभएको छ ।
काभ्रेमा कोरोना संक्रमितको संख्या ८९७ पुगेको छ । निको हुनेको संख्या ५८३ पुगेको छ ।








प्रतिक्रिया