२०८३, १५ बैशाख बुधबार

काभ्रेमा एकैदिन ६९ जनाले कोरोना जिते, ५६ जना संक्रमित थपिए

काभ्रेमा एकैदिन ६९ जनाले कोरोना जिते, ५६ जना संक्रमित थपिए


धुलिखेल, २० असोजः काभ्रेमा एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा धुलिखेल नगरपालिकाका १२ जना महिला र ५ जना पुरुष रहेका छन् । त्यस्तै नमोबुद्ध नगरपालिकाका १५ जना पुरुष र ३ जना महिला, बनेपा नगरपालिकाका १० जना पुरुष र ५ जना महिला रहेका छन् । त्यसैगरी पनौती नगरपालिकाका एक जना महिला र एक जना पुरुष, पाँचखाल नगरपालिका २ जना पुरुष, मण्डनदेउपुरका १ जना पुरुष र भुम्लु गाउँपालिकाका एक पुरुष रहेका छन् ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८२४ पुगेको छ । आज एकैदिन ६९ जना कोरोना निको भएर घर फर्किएका छन् । हालसम्म ५२४ जना निको भएर घर फर्किएका छन् । जिल्लामा कोरोना संक्रमणका ८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७, २० आश्विन मंगलबार  ५ : ३१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले